back
CTIZAN AD

खुल्लम खुल्ला अर्बाैं कर छल्ने पेप्सीलाई पनि उन्मुक्ति दिन खाेजिँदै

वि.सं.२०७७ कात्तिक २७ बिहीवार

564 

shares

काठमाडाैं । नक्कली भ्याट बिल प्रयोग गरी झण्डै २ अर्ब रुपैयाँ राजस्व छलेको अभियोगमा मुद्दा चलाइएका बहुराष्टिय कम्पनी पेप्सीकोलाका उत्पादक वरुण वेभरेज प्रालिका सञ्चालकहरुले राजनीतिक पहुँचवालालाई प्रयोग गरेर मुद्दा मिलाउन लागेको थाहा हुन आएको छ ।

एक अर्ब ९८ करोड ८८ लाख बराबरको भ्याट छली गरेको अनुसन्धानबाट पत्ता लागेपछि राजस्व अनुसन्धान विभागले २०७४ साल पुस ३ गते वरुण वेभरेज प्रालि र त्यसका सात जना सञ्चालकहरुविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दालाई काठमाडाैं जिल्ला अदालतले पाटन उच्च अदालतमा पठाएको थियो । बिक्रेता र क्रेताबीच बिलविजक आपसमा नमिलेको पाइएपछि राजस्व अनुसन्धान विभागले अनुसन्धान थालेको थियो ।

आर्थिक वर्ष २०७०-७१ देखि ०७५/७६ सम्म भ्याट छली गरी आम्दानी बढाइ बढी लाभांश वितरण गरेको आयकरतर्फ लाभान्ससमेत गरी ६४ करोड ९६ लाख रुपैयाँ कर छली गरेको अनुसन्धानमा देखिएको थियो ।

विभागले वेभरेजबाट १ अर्ब ६० करोड रुपैयाँ बराबरको बैंक जमानत लिई मुद्दा दायर गरेको थियो । यसरी मुद्दा दायर गरिएका सञ्चालकहरुमा वेभरेजका शेयर सदस्य रविकान्त जयपुरीया, रोहित कोहली, प्रवीणकुमार अग्रवाल, विनोदकुमार सिंह र अशोक कुमारसहित सात जनाविरुद्ध मुद्दा चलिरहेको छ ।

तर, उनीहरुलाई बिगो जरिवानाभन्दा १ अर्ब ६४ करोड रुपैयाँ कम अर्थात् बिगोभन्दा कम ४४ करोड मात्र तिराएर छाडिन लागेको बताइन्छ । उनीहरुलाई छाड्नका लागि वर्तमान उपराष्ट्रपति र गृहमन्त्रीका छोराद्वय दिपेश पुन र प्रतीक थापाले होटल मेरियटमा बसेर व्यापारीहरुसँग २० करोडमा बार्गेनिड भइरहेको सूत्रले बताएको छ ।

वरुण वेभरेजले कर छली गर्ने उद्देश्यले नक्कली भ्याटको कारोवार गर्ने गिरोहसँग मिलेमतो गरी वास्तविक वस्तुको खरिद नै नगरी नक्कली कर विजक जारी गर्ने उद्देश्यले दर्ता गरिएको फर्महरुबाट जारी गरिएको बिलहरु प्रयोग गरिएको थियो । वरुणले पेप्सीलाई वोटलिड गर्दै आएको छ । उसले बहुराष्ट्रिय कम्पनी पेप्सीको फ्रेन्चाइज कम्पनीको रुपमा पेप्सी डाइड, पेप्सी ड्यु, मिरिण्डा, सेभेनअप, अटोमिललगायत सामानहरु बिक्री वितरण गरिरहेको छ ।-दृष्टिबाट

वि.सं.२०७७ कात्तिक २७ बिहीवार १५:५७ मा प्रकाशित

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...