back
CTIZAN AD

नेप्सेमा दोहोरो अंकको बृद्धिसँगै कारोवार रकममा पनि उच्च अंकको बृद्धि

वि.सं.२०७७ कात्तिक २७ बिहीवार

846 

shares

२७ कार्तिक,काठमाडौं । साताको पाँचाै दिन बिहिवार समेत सेयर कारोवार नेप्से निरन्तर दोहोरो अंकले बढेको छ । आज समग्र कारोवार ५ अर्व रुपैयाँ नजिक पुगेको छ ।

आज नेप्से परिसूचक १०.८२ अंकले बढेर १७१८.४९ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोवार मापक सेन्सेटिभ पनि ३.२७ अंकले बढेर ३३८.८९ बिन्दुमा पुगेको नेप्सेले जनाएको छ ।

आज होटल्स, विकाश बैंक, जलविद्युत, वित्त कम्पनी, उत्पादन मुलक समुह, लधुबित्त, जीवन बीमा कम्पनी बाहेक सबै ५ वटा कम्पनी उपसूचक समुहको परिसूचक उकालो लागेको छ । आज सबैभन्दा बढि व्यापार समुहका लगानीकर्ताले कमाएका छन । उनीहरुले १६४.७१ अंकले कमाउदा यसले समग्र नेप्सेमा सकारातक प्रभाव पारेको छ ।

आज कूल सूचिकृत मध्ये १९८ कम्पनीको ४ अर्ब ८२ करोड ६२ लाख ८६ हजार ५५१ रुपैयाँ वरावरको १ करोड ३८ लाख ८९ हजार १८९ कित्ता सेयर किनबेच भएको छ भने तिनको कारोवारमा ५५ हजार ८९१ पटक लेनदेन भएको छ ।

आजको कारोवारमा विशाल बजार कम्पनीले सबैभन्दा बढि कमाएको छ । उसले मात्र २५० अंकले कमाउदै ९.९९ प्रतिशतको वृद्धि कायम गरेको छ । त्यस्तै अंकका आधारमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अग्राधिकार सेयर(१०००), साल्ट ट्रेडिङ (५४४) लगाएतका कम्पनीका लगानिकर्ताले कमाउँदा स्वाभिमान लघुवित्त(४६),मिथिला लघुवित्त(२७), मिरमिरे माइक्रो फाइनान्स(२३) लगायतका कम्पनीका लगातिकत्ताले गुमाएका छन् ।

आजको बजारमा कारोवार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी शिर्ष स्थानमा रह्यो । उसको मात्र २ड करोड ५५ लाख ५ हजार ६६९ रुपैयाँ वरावरको २ लाख ९२ हजार २५० कित्ता सेयर किनबेच भयो । कारोवार बन्दहुदा उसको प्रतिकित्ता सेयर मुल्य ९८३ रहेको छ । त्यस्तै नेपाल टेलिकम, प्रभु बैंक, हिमालयन डिस्टिलरि क्रमश दोश्रो, तेस्रो र चौथो स्थाानमा रहे ।

रोवार संख्याको आधारमा ग्लोवल आईएमई समुन्नत स्कीम १ शिर्ष संथानमा रह्यो । उसको ७ लाख ७७ हजार ५३५ कित्ता सेयर किनबेच भयो । त्यस्तै सिटीजन सामुहिक लगानि कोष, प्रभु बैंक र सिद्धार्थ इक्विटी फण्ड क्रमश दोश्रो, तेस्रो र चौँथो स्थानमा रहे ।

आज कुल सूचिकृत कम्पनी मध्ये ६३ कम्पनीका लगानिकर्ताले कमाएका छनभने ९३ कम्पनीका लगानिकर्ताले गुमाएका छन् । त्यस्तै १६ कम्पनीको कारोवारमा कुुनैपनि परिवरतन नआएको नेप्सेले जनाएको छ ।

Market Information
Index Current Points Change %Change
NEPSE 1,718.49 10.82 0.63 
Sensitive 338.89 3.27 0.97 
Float 117.82 0.45 0.39
Sen. Float 109.26 0.62 0.57
Sub-Indices Current Points Change %Change
Banking 1,321.05 10.21 0.78  
Trading 1,814.46 164.71 9.98 
Hotels 1,897.36 18.41 0.96
Development Bank 2,090.53 4.47 0.21  
HydroPower 1,445.06 6.45 0.44 
Finance 867.03 3.65 0.42
Non Life Insurance 8,814.00 39.16 0.45  
Manu.& Pro. 3,393.69 30.86 0.9 
Others 1,282.57 28.39 2.26 
Microfinance 2,708.20 1.71 0.06  
Life Insurance 10,229.34 28.92 0.28  
Mutual Fund 11.55 0.01 0.13  

 

वि.सं.२०७७ कात्तिक २७ बिहीवार १६:०८ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...