back
CTIZAN AD

प्रधानमन्त्री निवासमै बन्यो अत्याधुनिक हेलिप्याड

वि.सं.२०७७ कात्तिक २७ बिहीवार

681 

shares

२७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा हवाई मापदण्डअनुसार अत्याधुनिक हेलिप्याड निर्माण गरिएको छ । हेलिप्याड निर्माणसँगै प्रधानमन्त्री अत्यावश्यक कामका सिलसिलामा देशभित्र तथा विदेश जानुपर्दा बालुवाटारबाट विमानस्थल आवतजावत गर्ने क्रममा हुने ट्राफिक जाम व्यवस्थापनमा सहज हुनेछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको मापदण्डानुसार नै हेलिप्याड निर्माण भएको र यसले बालुवाटारबाट विमानस्थल आउजाउ गर्ने क्रममा हुने ट्राफिक जाम हट्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सङ्खुवासभा जाने क्रममा नवनिर्मित हेलिप्याडबाट उडान गरिएको थियो । प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले हवाई मापदण्डानुसार नै हेलिप्याड निर्माण भएको बताए ।

उनका अनुसार हेलिप्याड निर्माणका लागि प्राधिकरणले प्राविधिक सहयोग गरेको छ । हेलिप्याड प्राधिकरणको प्राविधिक सहयोगमा नेपाली सेनाले तयार पारेको हो । सो हेलिप्याडमा अहिले नेपालमा सञ्चालनमा रहेको सबैभन्दा ठूलो हेलिकोप्टर ‘एमआइ १७’ सम्म क्षमताका बस्न सक्ने जनाइएको छ । रासस

वि.सं.२०७७ कात्तिक २७ बिहीवार १६:१८ मा प्रकाशित

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

कांग्रेसले साउन ७ देखि नागरिक केन्द्रित अभियान सुरु गर्ने

कांग्रेसले साउन ७ देखि नागरिक केन्द्रित अभियान सुरु गर्ने

काठमाडौं  । नेपाली कांग्रेसले पार्टीलाई चुनावी जोडघटाउबाट मुक्त गरी विशुद्ध...

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

काठमाडौँ । प्रदेश सरकारहरू फेरबदल हुने चर्चाले यतिबेला राष्ट्रिय राजनीतिमा...

भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार

भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार

भोजपुर । भोजपुरमा एक युवामाथि खुकुरी प्रहार भएको छ ।...