back

रुस्लान कप क्रिकेट: नेपाल पुलिसको जित

वि.सं.२०७३ पुस २६ मंगलवार

666 

shares
IME Limited
NTC AD

काठमाडौँ । दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले हिमालयन क्रिकेट एकेडेमीलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले हिमालयन क्रिकेट एकेडेमीलाई ८१ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८३ रनको योगफल तयार ग¥यो । पुलिसका ब्याट्सम्यान सुनील धमलाले सर्वाधिक ५४ रनको योगदान दिए ।

त्यस्तै, दिलीप नाथले २६ तथा कुशल भुर्तेलले नटआउट ३३ रन जोडे । एकसय ८४ रनको लक्ष्य पच्छ््याएको हिमालयन क्रिकेट एकेडेमी भने १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १०२ रनमा समेटियो ।

हिमालयनका लागि भुपेन्द्र थापाले ७३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । आजदेखि सञ्चालन भएको उक्त प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गर्नुभएको थियो । रासस

वि.सं.२०७३ पुस २६ मंगलवार १०:४७ मा प्रकाशित

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

प्रेम परियार,ओस्लो, नर्बे । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको आयोजनामा...

क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफलः राष्ट्रपति

क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफलः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज...

एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने

एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने

काठमाडौँ । एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिका...

एसिसी पुरुष यु-१६ःनेपाल बलिङ गर्दै

एसिसी पुरुष यु-१६ःनेपाल बलिङ गर्दै

काठमाडौँ । एसियाली क्रिकेट परिषद् (एसिसी) पुरुष यु–१६ ‘इस्ट जोन’...

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई सहजै हरायो

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई सहजै हरायो

काठमाडौँ । एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा समूह...

एएफसी महिला एसियन कपः पहिलो आफमा नेपालको अग्रता

एएफसी महिला एसियन कपः पहिलो आफमा नेपालको अग्रता

काठमाडौँ । उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत...