back
CTIZAN AD

रुस्लान कप क्रिकेट: नेपाल पुलिसको जित

वि.सं.२०७३ पुस २६ मंगलवार

1.1K 

shares

काठमाडौँ । दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले हिमालयन क्रिकेट एकेडेमीलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले हिमालयन क्रिकेट एकेडेमीलाई ८१ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८३ रनको योगफल तयार ग¥यो । पुलिसका ब्याट्सम्यान सुनील धमलाले सर्वाधिक ५४ रनको योगदान दिए ।

त्यस्तै, दिलीप नाथले २६ तथा कुशल भुर्तेलले नटआउट ३३ रन जोडे । एकसय ८४ रनको लक्ष्य पच्छ््याएको हिमालयन क्रिकेट एकेडेमी भने १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १०२ रनमा समेटियो ।

हिमालयनका लागि भुपेन्द्र थापाले ७३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । आजदेखि सञ्चालन भएको उक्त प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गर्नुभएको थियो । रासस

वि.सं.२०७३ पुस २६ मंगलवार १०:४७ मा प्रकाशित

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

काठमाडौं। विद्यालयस्तरीय खेलकुद प्रतियोगितामध्ये पुरानो तथा लोकप्रिय स.बल ज्ञान कार्निभलको...

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...