back
CTIZAN AD

मृत भेटिए बलिउड अभिनेता आसिफ बसरा, आत्महत्याकाे आशंका

वि.सं.२०७७ कात्तिक २७ बिहीवार

663 

shares

काठमाडौं । बलिउड अभिनेता आसिफ बसरा मृत भेटिएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार अभिनेता बसरा हिमाञ्चल प्रदेशको कांगडास्थित एक क्याफेमा मृत अवस्थामा भेटिएका हुन् ।

प्रहरीले बसराले आत्महत्या गरेकाे हुनसक्ने आशंका गरेका छन् । भारतीय सञ्चार माध्यमले जनाएअनुसार बिहिबार दिउसो उनी कुकुरलाई डुलाउने डोरीमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

प्रहरीले जनाएअनुसार उनी कांगडामा एक विदेशी महिला साथीको साथ रहिरहेका थिए । प्रारम्भिक जानकारीमा बसरा डिप्रेशनको समस्यामा भएको प्रहरीले बताएको छ ।

बसरा केहि महिनाअघि आत्महत्या गरेका अभिनेता सुशान्त सिंह राजपूतसँगै फिल्म ‘काइ पो छे’ मा देखिएका थिए । टेलिभिजन सिरियलमार्फत फिल्मी जगतमा आएन उनले ‘आसिफ हिचकी’, ‘काय पो छे’, ‘पाताल लोक’, ‘होस्टेजेस’, ‘वन्स अफन अ टाईम इन मुम्बई’लगायत दर्जनौं फिल्ममा अभियान गरेका छन् ।

सम्पादक : यसअघिको समाचारमा अन्यथा पर्न गएकोले सच्चाइएको छ ।

वि.सं.२०७७ कात्तिक २७ बिहीवार १७:३४ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...