back
CTIZAN AD

स्टार्टअप आइडियामाथि लगानी बढाउन सरकारसँग माग

वि.सं.२०७७ कात्तिक २७ बिहीवार

615 

shares

२७, कार्तिक, काठमाडौँ । समृद्धि स्कुल र विशाल फाउण्डेशनको संयुक्त आयोजनामा राजधानीमा सम्पन्न भएको योङ आन्ट्रपर्नस कन्ल्लेभ २०२० मा सहभागी युवा उद्यमी तथा विद्यार्थीहरुले स्टार्टअप आइडिया माथि लगानि बढाउन सरकारसँग माग गरेका छन् ।

गत कार्तिक २० गतेदेखि २५ गते सम्म सञ्चालन भएको उक्त कार्यक्रममा कन्केलेभ स्टुडियोमार्फत ३ दर्जन अतिथि सहभागी भए भने वेविनार मार्फत १ हजार भन्दा बढि युवा उद्यमी तथा विधार्थीहरुको सहभागीता जनाएका थिए । बिभिन्न सेसनहरुमा बोल्दै युवाहरुले आफुहरुको आइडिया माथी सरकारले बिउ पुँजी र तालीमको अवसर प्रदान गरे नेपालमै केहि गर्ने रहर रहेको बताएका थिए । बिभिन्न सेसनमा बोल्ने सरकारका प्रतिनिधि, निजि क्षेत्रका बरिष्ठ उद्यमी र बैकंरहरुले उत्कृष्ट आइडिया भएका स्टार्टअपहरुलाई सुन्य ब्याजदरमा कर्जा सरकारले उपलब्ध गराउन सके भविश्यमा धेरै ठुला ब्यवसायका रुपमा स्टार्टअपहरु बिस्तार हुने बताएका हुन् ।

युवा उद्यमी तथा विद्यार्थीहरुमा केन्द्रित रहको यो कार्यक्रमले युवा विद्यार्थी वर्गलाई उद्यम शीलतामा लाग्न अभिप्रेरित गरेको तथा अगुवा उद्यमीहरुको उद्यम अनुभवबाट उद्यमशीलताका सम्भावित समस्या र चुनौति तथा प्रक्रियाको बारेमा ज्ञान आर्जन गर्न सक्ने एउटा महत्वपूर्ण अवसर भएको आयोजक संस्था विशाल फाउण्डेशनका अध्यक्ष नरेश प्रसाद श्रेष्ठले बताए । त्यसैगरी कोरोना भाइरस महामारीपछि संसारभर आर्थिक पुर्नउत्थानको एजेण्डा प्रमुखरुपमा उठ्ने भन्दै फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेले आगामी दिनमा सरकारले सीप विकास र उत्पादशील क्षेत्रमा सहुलियत कर्जाको ब्यवस्था गनुपर्नेमा जोड दिए ।

पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, पुर्व अर्थमन्त्री एवं पुर्व सचिव शंकरप्रसाद कोइराला, बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. उषा झा, अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, सिटिइभीटीका सदस्य सचिव डा पुष्करमन वाग्ले, प्रधानमन्त्रीका आइटि बिज्ञ अस्गर अली, बरिष्ठ उद्यमी हरिभक्त सर्मा, हेमराज ढकाल, हेमाकुमारी अधिकारी, सुदिप आचार्य, बैंकर मनोज ज्ञवालीलगायतका वक्ताहरुले कार्यक्रमलाई सम्बोधन गरेका थिए । प्रत्येक बर्ष कार्यक्रमलाई निरन्तरता दिने र यस्ता कार्यक्रमले युवा, बिद्यार्थीलाई उद्यमी बन्न अभिप्रेरित गर्ने आयोजकले बताएको छ ।

वि.सं.२०७७ कात्तिक २७ बिहीवार २०:५९ मा प्रकाशित

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

मेची राजमार्गको राजदुवाली  सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

मेची राजमार्गको राजदुवाली सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

फिक्कल (इलाम) । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...