back
CTIZAN AD

कोरोनाले रोकिएका सडकले गति लियो, स्थानीयमा खुशीयाली

वि.सं.२०७७ कात्तिक २७ बिहीवार

789 

shares

२७ कार्तिक, काठमाडौं । बन्दाबन्दीका कारण रोकिएको डोटीका सडक निर्माण कार्यले पुनः तीव्रता पाएको छ । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको जिल्लाको राजपुर–फलेडी, झिग्राना सडक, राजपुर–बुहार तथा सहजपुर–बोगटान सडकमा पुनः काम शुरु भएको हो ।

सडक पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख रामचन्द्र खत्रीले राजपुर–बुहार सडक कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ भने अन्य क्षेत्रका सडकमा डबल कटिङसहितका काम शुरु भएको जानकारी दिए । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने झिग्राना सडक निर्माण कार्य अहिले तीव्र गतिमा अगाडि बढाइएको छ ।

सुदूरपश्चिम सरकारको लगानीमा डोटीको जिल्ला सदरमुकाम सिलगढीदेखि ओखरबोट ओसाइल बगलेक–झिग्राना सडक निर्माणको काम तीव्र गतिमा भइरहेको हो ।

प्रदेश सरकारले खप्तड जोड्ने सिलगढी झिग्राना सडक ९१५.६ किलोमिटर० कालोपत्र गर्न रु ४० करोड बजेट विनियोजन गरी सडक निर्माण कार्य गराउने जिम्मा पाएको सडक पूर्वाधार विकास कार्यालय डडेल्धुराले ठेक्का सम्झौता गरेसँगै उक्त सडक कालोपत्रसहित निर्माणको कामले गति लिएको लिएको हो ।

सिलगढी– झिग्राना सडक चन्द्र एण्ड वसन्त कन्ष्ट्रक्सन, सिलगढी–मेल्लेक सडकको निर्माण कार्य राजेन्द्र र पिएस जेभि निर्माण व्यवसायीले काम गरिरहेका छन् । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थलको रुपमा रहेको खप्तड जाने सडक कालोपत्रे हुने भएपपछि स्थानीयमा खुशीयाली छाएको छ ।

उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले खप्तड जाने सडक कालोपत्र भएपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन निकै सहज हुने बताए ।

सो क्षेत्रमा चार रैथानेसहित १३५ प्रजातिका फूल नियाल्न सकिन्छ । २२४ प्रजातिका जडिबुटी, ५३७ प्रजातिका वनस्पति, २७० जातका चराचुरुङ्गी खप्तड क्षेत्रमा हेर्न पाईन्छ । विश्वकै दुर्लभ जातिको हरियो छेपारो खप्तडमा पाइन्छ । बाह्रै महिना पानीको सतह एकै नासको हुने विशेषता रहेको १५० मिटर लम्बाई ५० मिटर चौडाई रहेको खप्तडमा दह पनि रहेको छ । रासस

वि.सं.२०७७ कात्तिक २७ बिहीवार २१:०१ मा प्रकाशित

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...