back
CTIZAN AD

खोप परीक्षण सफल हुनसाथ आयातका लागि अध्यादेश ल्याइन्छ: मन्त्री ढकाल

वि.सं.२०७७ कात्तिक २७ बिहीवार

714 

shares

२७ कार्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ खोप परीक्षण सफल हुनसाथ नेपालमा आयातका लागि कानूनी समस्या नहोस् भनेर अध्यादेश तयार गरिएको जानकारी दिए । उनले कोरोना सङ्क्रमितको उपचारमा सघाउन सरकारले भौतिक संरचना तयारीलाई पनि ध्यान दिएको जनाए ।

प्रदेश नं १ को सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको सक्रियतामा निर्माण भइरहेको ‘नागरिक केयर सेन्टर’को आज अनुगमनका क्रममा मन्त्री ढकालले कोरोना सङ्क्रमितको उपचारका लागि एचडियु र अक्सिजनसहितको एक सय शै्ययाको नागरिक सेन्टरको निर्माण कार्य गरिएकोमा प्रशंसा पनि गरे । उनले उपचारका लागि अक्सिजन, आईसियु र भेन्टिलेटरको आवश्यकता देखिएकाले त्यसलाई प्राथमिकतामा राखिएको बताए ।

मन्त्री ढकालले सरकारले सुविधासम्पन्न तीन हजार ५०० सय शै्यया थप गर्ने तयारी गरेको जानकारी दिँदै दुुई हजार काठमाडौँ उपत्यका र बाँकी देशका विभिन्न स्थानमा स्थापना गरिने बताए । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र सेन्टरका संयोजक पवन सारडालगायतले प्रदेश सरकारको रु २ करोड, निजी क्षेत्रको रु १ करोड ५० लाख र महानगरपालिकाको रु २५ लाखको लागतमा निर्माण कार्य भइरहेको जानकारी दिए । रासस

वि.सं.२०७७ कात्तिक २७ बिहीवार २१:१३ मा प्रकाशित

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा) । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष...

व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान

व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान

भोजपुर । यहाँको टेम्केमैयुङ गाउँपालिका–५ खावामा किवीखेती विस्तार भइरहेको छ...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

पाथीभराको भेटी एक करोड छ लाख

पाथीभराको भेटी एक करोड छ लाख

फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड...

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथर । हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को मा...