back
CTIZAN AD

मेगा बैंकको खुद नाफा ३८ प्रतिशतले बढ्यो, खराब कर्जा घट्यो

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार

750 

shares

२८ कात्तिक, काठमाडौं । मेगा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा ३८ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा बैंकले ६० करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको तुलनामा ३८.९७ प्रतिशतले धेरै हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ४३ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ५ करोड ५६ लाख ६२ हजार रूपैयाँ रहेको छ

पहिलो त्रैमासमा बैंकको वितरणयोग्य नाफा ५ करोड ५६ लाख रूपैयाँ छ। बैंकको खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढ्दा खुद नाफा बढेको हो। पहिलो त्रैमासमा बैंकले १ अर्ब ३३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको तुलनामा झण्डै २८ करोड रुपैयाँले धेरै हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

बैंकको निक्षेप संकलन १ खर्ब २७ अर्ब ८९ करोड रुपैयाँबाट बढेर १ खर्ब २९ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी १ खर्ब १० अर्ब रुपैयाँबाट बढेर १ खर्ब १७ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ।

हाल १३ अर्ब १३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ९९ करोड रुपैयाँ छ। गत वर्ष ३ अर्ब ४३ करोड जगेडा रहेकोमा यस वर्ष जगेडा कोष घटेको छ।

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १०:५२ मा प्रकाशित

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...