२८ कात्तिक, काठमाडौं । देशैभरी तिब्र रुपमा बढ्दै गएको कोरोना संक्रमणका कारण मोरङमा मात्रै १४० जनाको मृत्यु भएको छ ।
कात्तिक २७ गतेसम्मको तथ्यांक अनुसार मोरङमा हालसम्म ७ हजार पाँचसय जना संक्रमित भएका छन् । जसमा ४ हजार उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
जिल्लामा बढ्दो संक्रमण र दिपावली तथा छठपर्वका बेला भिडभाड बढी हुने र संक्रमणको जोखिम झन बढ्ने भएको भन्दै भिडभाड नगरी चाडपर्व मनाउन समेत जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै अनुरोध गरेको छ ।
‘त्यसैले तिहार, छठ जस्ता चाडपर्व मनाउँदा नेपाल सरकारले जारी गरेको सुरक्षा तथा स्वास्थ्य लगायतको मापदण्ड पालना गरी भिडभाड नहुने गरी मनाउन सबैमा अनुरोध गरिएको छ ।’ सूचनामा भनिएको छ ।

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १४:०३ मा प्रकाशित






























