back
CTIZAN AD

एनआईसी एशिया बैंकको खराब कर्जा घट्यो

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार

693 

shares

२८ कात्तिक, काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकले १ अर्ब २ करोड १० लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ करोड १४ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यो अवधिमा बैंकको वितरणयोग्य नाफा ४ करोड ६६ लाख ६५ हजार रुपैयाँ रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै नाफामा सुधार देखिएको छ । चालु आवको पहिलो त्रैमासको १ अर्ब ९८ करोड १५ लाख ४ हजार रुपैयाँ खुद ब्याज आम्दानी रहेको छ । जुन गत आवको सोही अवधिमा १ अर्ब ८४ करोड १४ हजार रुपैयाँ रहेको थियो ।

यस्तै गत आवको पहिलो त्रैमासमा १ अर्ब ४२ ९५ लाख १३ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा यो रकम बढेर १ अर्ब ४५ करोड ८० लाख १२ हजार रुपैयाँ पुगेको छ ।

९ अर्ब ७१ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ६९ करोड ५१ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा २ अर्ब २ करोड ४७ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको जगेडा कोषमा ५ अर्ब ५४ करोड र रिटेन्ड अर्निङ्गमा १ अर्ब ९७ करोड रुपैयाँ थियो।

बैंकको खराब कर्जा ०.४५ प्रतिशतबाट घटेर ०.४० प्रतिशत रहेको छ । ४२ रुपैयाँ १४ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ ७१ पैसा रहेको छ ।

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १३:५६ मा प्रकाशित

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...