back
CTIZAN AD

फुकुओकामा बाणिज्य दूताबासको उद्घाटन समारोह सम्पन्न

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार

666 

shares

२७ कात्तिक, काठमाडौं । जापानको क्युशु फुकुओकामा वाणिज्य दूताबासको उद्घाटन गरिएको छ ।

नोभेम्बर ११ का दिन उद्घाटन सम्पन्न गरिएको हो ।

क्युशु क्षेत्रमा झण्डै ७ हजार भन्दा बढी नेपालीहरु बसोबास गर्छन् भने लगभग ५ हजार फुकुओका शहरमा रहेको तथ्याङ्क छ । बिगतमा फुकुओका शहरमा वाणिज्य दूताबास रहेता पनि गत दुइबर्ष अगाडिदेखि खाली रहेको थियो ।

फुकुओकामा बिशेषगरी बिद्यार्थीको संख्या बढी रहेको हुँदा विभिन्न दैनिक जीवनका समस्या तथा प्रशासनिक समस्याहरु बढ्दै गएको र विश्वभरी फैलिएको कोरोना भाइरसका कारण उब्जिएका केही समस्याहरुको समाधानका लागि पनि बाणिज्यदूताबास स्थापना गरिएको बताइएको छ ।

यसैकारण नेपाल सरकारबाट फुकुओका बाणिज्यदूतका लागि किमोतो युइचिरोलाइ नियुत्त गरिएको हो । यसका साथै गत अक्टोबर २६ तारिकबाट हाकाता एकी हिगासीमा बाणिज्य दूताबासको कार्यालय खोलिएको छ । यसको उद्घघाटन समारोह नोभेम्बर ११ मा गरिएको हो ।

उद्घघाटन समरोहमा फुकुओका प्रिफेक्चर र सिटीका प्रतिनिधि विभिन्न जापानिज संघ संस्थाका प्रतिनिधिहरु, जापानिज भाषा स्कुलका प्रतिनिधिहरु, ब्यवसायिक ब्यक्तिहरु, स्थानिय नेपाली संघ संस्थाहरुका प्रतिनिधिहरु तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।

पछिल्लो समय जापानमा कोरोना बढ्दो क्रमसँगै नेपालीहरुमा पनि यसको संक्रमण धेरै फैलिएका कारण कार्यक्रमको प्रमुख आतिथ्यता राजदूत श्रीमती प्रतिभा राणाले (जुम ) मार्फत् गरेकी थिइन् भने, अन्तर्राष्ट्रिय ब्यूरो, योजना र क्षेत्रीय विकास विभाग, फुकुओका प्रान्तका निर्देशक फुरुकावा र फुकुओका शहर सामान्य मामिला योजना ब्यूरो अन्र्तराष्ट्रिय बिभागका निर्देशक कुबोताले शुभकामना दिदै यहाँका नेपालीहरुका लागि र नेपाल-जापानको हितको लागि सक्दो सहकार्य र सहयोग गर्ने कुरा ब्यक्त गरेका थिए ।

त्यस्तै क्युस्युमा सक्रिय संघ संस्थाहरुको प्रतिनिधित्व गर्दै धर्मराज अधिकारीले आफ्नो शुभकामना मन्तब्य राखेका थिए ।

उद्घाटन समारोहमा नेपाली संस्कृति झल्किने नृत्य तथा नेपाली बाजा प्रयोग गरिएका धुनहरु प्रस्तुत गरिएको थियो ।

उद्घघाटन कार्यक्रममा बोल्दै नबनियुक्त बाणिज्यदूत किमोतो युइचिरोले उपस्थित सबैलाई धन्यबाद दिँदै आफू पनि झन्डै २२ बर्ष जति बिदेशको जीवन ब्यतित गरेकोले परदेशको सकसको अनुभब भएकोले नेपाल र नेपालीको हितको लागि र दुइ देशको हितको लागि आफ्नो तर्फबाट सक्दो प्रयास रहने बिचार ब्यक्त गरे । कार्यक्रमको समापन एनआरएन जापान क्युशुका संयोजक देवराज उप्रेतिले गरेका थिए ।

 

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १३:४२ मा प्रकाशित

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

न्युजर्सी । अमेरिकाको फेयर लनमा गत जुन ६, २०२६ मा...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

अमेरिका । नेपाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले राज्यको संरचना...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...