back
CTIZAN AD

लागुऔषध कारोबारमा मधेशसँग बढि सम्बन्ध कुन पहाडी जिल्लाको ?

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार

600 

shares

२८ कार्तिक, काठमाडौं । महोत्तरी जिल्लामा पक्राउ पर्ने लागुऔषधका कारोबारीको सम्पर्क सञ्जाल पहाड मधेशसम्म भएको पाइएको छ । लागुऔषधका कारोबारीले सञ्जाल नै स्थापना गरेर महोत्तरीका सीमावर्ती क्षेत्रबाट कारोबार चलाइरहेको पाइएपछि प्रहरीले लागुऔषध नियन्त्रणका लागि विशेष सर्च अभियान सञ्चालन गरेको छ । प्रहरीले लागुऔषध नियन्त्रणका लागि देखाएको यो सक्रियताका कारण लागुऔषध कारोबारी र प्रयोगकर्ताहरू धमाधम पक्राउ पर्न थालेका छन् । पक्राउ परेका लागुऔषधका कारोबारी र बरामद सामग्रीबाट यो अवैध कारोबारमा पाहाड मधेशबीच सम्पर्क सञ्जाल भएको पाइएको जिल्लास्थित सुरक्षा निकायले जनाएको हो ।

मकवानपुरको सम्बन्ध लागुऔषध कारोबार बढि

जिल्लाको सुदूरदक्षिणी भेग होस् वा मध्य र उत्तरी भेग । लागुऔषध ओसारपसार र यसको कारोबारमा पाहाडी जिल्ला मकवानपुरको सम्बन्ध बढी देखिने गरेको सुरक्षा निकायको निष्कर्ष छ । “हामीले चलाएको नियमित गस्ती र विशेष सर्च अभियानका क्रममा जिल्लाका विभिन्न ठाउँमा पक्राउ गरिएका व्यक्ति र लागुऔषध गाँजाको सम्बन्ध मकवानपुरसँग बढी जोडिएको पाएका छौं” जलेश्वर नगरपालिका–५ जलसागरस्थित सशस्त्र प्रहरी बल, ९ नम्वर गण हेडक्वाटरका गणपति सुरेश सापकोटाले भन्छन्, “बुधबार राति हाम्रो टोलीले भारतीय सीमावर्ती एकडारा गाउँपालिका–३ मा बरामद गरेको गाँजासहितको पिकअप भ्यान र पक्राउ परेका व्यक्ति मकवानपुरकै रहेका छन् ।” बुधबार राति सशस्त्र प्रहरीको टोलीले ना३च ९६२४ नंको पिकअप भ्यानबाट ११० किलो गाँजासहित मकवानपुरको भिमफेदी गाउँपालिका–२ का करिब ३० वर्षीय अमरकुमार थिङ्गलाई पक्राउ गरी आज जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।

यसअघि केही महिना पहिले एकडारा र महोत्तरी गाउँपालिकाको मडैमा बरामद गरिएको गाँजा पनि मकवानपुरमै उत्पादित भएको प्रहरीको निष्कर्ष छ । लागुऔषध गाँजा मकवानपुरका भित्री पाहाडी बस्तीबाट कारोबारीको सञ्जालले महोत्तरीको भारतीय सीमावर्ती बस्तीसम्म पु¥याउने र यहाँका कारोबारीले खुला सीमाको प्रयोग गर्दै भारत पु¥याउने गरेका प्रहरी अधिकारी बताउँछन् । जिल्लामा लागुऔषध ओसारपसार गर्नेले बर्दिबासलाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाएर कारोबार गर्ने गरेका पाइएको छ । पाहाडी भेगमा उत्पादित गाँजा भारत पु¥याउने र भारतीय बजारबाट नेपालमा प्रतिबन्धित नशालु लागुऔषध लिएर फर्कने गरेका पाइने गरेको छ । यस्ता कारोबारमा जिल्लाको उत्तरी भेगको बर्दिबास नगरक्षेत्रका दुव्र्यशनी युवा प्रयोग हुने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले बताए ।

जिल्लामा दत्र्ता हुने यस प्रकृतिका घटना र मुद्दामा बर्दिवाससम्बद्ध पक्ष ७० प्रतिशतभन्दा बढी हुने गरेको प्रहरी अधिकारीको भनाइ छ । जिल्लामा पछिल्ला सात वर्षयता बर्सेनी सरदर ३०/३५ वटा लागुपदार्थ ओसारपसारका घटनाहरु हुँदै आएको प्रहरी अधिकारी बताउँछन् । केही दशकपूर्व जिल्लाको हाल एकडारा गाउँपालिकाको अजमरपट्टीको गाँजा संसारभरीकै दुव्र्यशनीको रोजाइमा पर्ने गरेको बताइन्थ्यो । पछिल्ला दिनमा गाँजाखेती अबैध घोषित भएसँगै प्रहरी सक्रियताले यहाँ गाँजा खेती फाँडिन थालेपछि यसको कारोबार पाहाडी जिल्लासँग जोडिएको प्रहरी अधिकारीको भनाइ छ । मकवानपुरका कारोबारीले बर्दिबाससँगको नाता सम्बन्ध बढाएर यहाँका दुव्र्यशनीको मद्दतले सीमाक्षेत्रसम्म सञ्जाल सम्पर्क बढेको अनुसन्धानले देखाएको प्रनाउ बिष्टले बताए ।

लागुऔषध ओसारपसार, कारोबार र यसको दुव्र्यशन रोक्न प्रहरीको प्रयत्नमात्र पर्याप्त नहुने प्रहरी अधिकारीको भनाइ छ । खासमा जिल्लाको बर्दिबास नगरक्षेत्रका अभिभावकले आफ्ना सन्तानको निगरानी सुक्ष्म बढाएर उनीहरुको कारोबारीसँगको सम्बन्ध टुटाउन सबैले पहलकदमी लिन अपरिहार्य देखिएको प्रहरी अधिकारीको भनाइ छ । बर्दिबास नगरक्षेत्रभित्र विद्यालय जाने विद्यार्थी पनि यस्तो कुसङ्गतमा परेका अनुसन्धानमा देखिने गरेको प्रहरीको भनाइ छ । रासस

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १५:४५ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...