back
CTIZAN AD

अफगानिस्तानमा तालिबानद्धारा १४ सुरक्षाकर्मीको हत्या

वि.सं.२०७७ कात्तिक २९ शनिवार

705 

shares

२९ कात्तिक । अफगानिस्तानको कुन्दुज प्रान्तमा तालिबानहरुले १४ जना सुरक्षाकर्मीको हत्या गरेका छन् ।तालिबानहरुले गरेको आक्रमणमा परी ती सुरक्षाकर्मीको ज्यान गएको हो । कुन्दुजको सुरक्षा निकायका अनुसार कुन्दुज प्रान्तको बला हिसारमा रहेको एक सुरक्षा चौकीमा आक्रमण गरेर ती सुरक्षा अधिकारीको हत्या गरेका थिए ।

कुन्दुज प्रान्तको साहिब जिल्लाको सो सैनिक क्याम्पमा उनीहरुले बिहीबार राति आक्रमण गरेका थिए । त्यस क्रममा सो क्याम्पमा रहेका सुरक्षा अधिकारीको मृत्यु भएको हो । त्यसक्रममा १२ जना सुरक्षाकर्मी मारिएका थिए भने दुई जना प्रहरी सो जाँच चौकीबाट घर जाने क्रममा तालिबानको आक्रमणमा परी मारिएका हुन् ।

सो आक्रमणमा कम्तीमा पनि १० जना तालिबान मारिएका वा घाइते भएका बताइएको छ । तर यस विषयमा तालिबानहरुले भने कुनै प्रतिक्रिया दिएका छैनन् । उता आजै काबुलमा पनि तालिबानीहरुले आक्रमण गरेर दुई जना सर्वसाधारणको हत्या गरेका छन् ।

वि.सं.२०७७ कात्तिक २९ शनिवार ०७:४५ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...