back
CTIZAN AD

सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या १० हजार नाघ्यो, पाँच जना आइसीयूमा उपचाररत

वि.सं.२०७७ मंसिर २ मंगलवार

927 

shares

२ मङ्सिर । सुदूरपश्चिम प्रदेशमा कोभिड–१९का कूल सङ्क्रमित १० हजार ५३५ पुगेका छन् । तीमध्ये ८ हजार ८१३ सङ्क्रमित उपचार व्यवस्थापनपछि डिस्चार्ज भएका छन् । सेती प्रादेशिक अस्पतालको सघन उपचारकक्ष (आइसीयू) मा पाँच जना उपचाररत छन् ।

सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार प्रदेशमा यो रोगको सङ्क्रमणबाट अहिलेसम्म ३१ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी प्रदेशको राजधानी जिल्ला कैलालीमा १७ जनाको मृत्यु भएको छ । यस्तै बझाङमा तीन, अछाम, बाजुरा, कञ्चनपुर र डडेलधुरामा दुई\दुई र बैतडी, दार्चुला र डोटीमा एक\एक जनाको मृत्यु भएको छ ।

पछिल्लो दुई हप्तायता सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसबाट मृत्यु हुने दर बढ्दै गएको छ । यो अवधिमा आठ सङ्क्रमितको मृत्यु भएको छ । सङ्क्रमितमध्ये होम आइसोलेसनमै मृत्यु हुने कतिपयको तथ्याङ्क भने मन्त्रालयसँग छैन । तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई सर्वसाधारणको चहलपहल बढ्दा कोरोना फैलिने जोखिम थप बढेको स्वास्थ्यकर्मीको भनाइ छ ।

वि.सं.२०७७ मंसिर २ मंगलवार १०:५० मा प्रकाशित

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ । कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका...

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका...