back
CTIZAN AD

जटिल मोडमा नेकपा : विवाद मिलाउन महासचिव पौडेलले देखाए सक्रियता

वि.सं.२०७७ मंसिर २ मंगलवार

762 

shares

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक अघि पार्टी महासचिव विष्णु पौडेलले सक्रियता बढाएका छन् । उनले विवाद मिलाउन मध्यमार्गी उपायको खोजी गर्दै सक्रियता बढाएका हुन् ।

महासचिव पौडेलले विवाद मिलाउने उपाय स्वरुप मंगलबार नै दुई अध्यक्षसँग भेटघाट गर्दै छलफल पनि गरेका छन् । नेकपा स्रोतका अनुसार पौडेलले सचिवालय बैठक अघि विवाद मिलाउन दुवै अध्यक्ष सामु मध्यमार्गी प्रस्तावसमेत राखेको बुझिएको छ ।

महासचिव पौडेलले सचिवालय बैठकमा सहमती गरी एउटै कार्यसूची बनाउनुपर्ने दबाब दिएका छन् । उनले दुवै पक्षलाई आफ्नो अडान छाड्न पनि आग्रह गरिरहेको स्रोत बताउँछ ।

बैठक सारेरै भएपनि सहमती खोज्न पौडेलको प्रस्ताव

शुक्रबार केहि बेर बसेको सचिवालय बैठक भोली (बुधबार) बस्ने गरि स्थगित भएको थियो । जुन बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरुले छलफलको लागि भन्दै १९ पाने प्रतिवेदन प्रस्तुत गरेका थिए ।

तर, प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओली भने उक्त प्रस्तावमाथि छलफल हुन नसक्ने भन्दै फिर्ता गरेर मात्र बैठक राख्नुपर्ने अडानमा छन् । प्रचण्ड पक्षीय नेताहरु बैठक हुनुपर्ने र ओली पक्षीय नेताहरु प्रतिवेदन फिर्ता पछि मात्रै बैठक राख्नुपर्ने अडान लिईरहेका बेला महासचिव पौडेलले बैठक सारेरै भएपनि सहमती खोज्न प्रस्ताव राखेका छन् ।

मंगलबार अध्यक्ष प्रचण्डसँगको छलफलमा पनि उनले पार्टी विवाद मिलाउन बैठक सार्नुपर्ने प्रस्ताव राखेको बुझिएको छ । उनले मंगलबार बिहान खुलमटारमा भएको भेटमा दुवै अध्यक्षको सहमतीमा मात्रै कार्यसूची बनाएर अगाडि बढ्नुपर्ने प्रस्ताव प्रचण्ड सामु राखेका छन् ।

नेकपाको पार्टी विधानमा पनि अध्यक्षद्वयको परामर्शमा महासचिवले बैठकको कार्यसूची तय गर्ने र बैठक बोलाउने व्यवस्था छ । जुन विवादको कारण हुनसकेको छैन् ।

वि.सं.२०७७ मंसिर २ मंगलवार १६:११ मा प्रकाशित

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलङ्का...

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

काठमाडौं । रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको...

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

काठमाडौं । कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...