३ मङ्सिर, काठमाडौँ । फाइनलमा लाहोर कलंदर्सलाई ५ विकेटले पराजित गदैँ कराचि किंग्सले पहिलो पटक पाकिस्तान सुपर लिगको (पिएसएल) को उपाधि आफ्नो नाममा गरेको छ ।
टस जितर पहिले ब्याटिङ्ग गरको लाहोले २० ओभरमा ७ विकेट गुमाएर १३४ रन बनाएको थियो । लाहोरका लागि ब्याटिङ्गमा तमिम इकबलले सर्वाधिक ३५ रन बनाएका थिए । कराचिका लागि मकसुद, आसिफ र इकबालले उत्कृष्ट बलिङ्ग गदैँ २/२ विकेट आफ्नो नाममा गरेका थिए ।
लाहोरले दिएको १३५ रनको समान्य लक्ष्य कराचिले १८.१ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । कराचिका लागि बाबर आजमले फाइनलमा खेलमा उत्कृष्ट पारी खेल्दैँ टिमलाई जित दिलाएका थिए । बाबर आजम ४९ बल खेल्दैँ ६३ रन बनाएर नटआउट रहेको थिए । लाहोरका लागि बलिङ्गमा रउफ र हुसेनले सर्वाधिक २/२ विकेट लिएका थिए ।
लाहोर ५ विकेटले पराजित भएसँगै कराचिले पहिलोपटक पाकिस्तान सुपर लिगको उपाधि आफ्नो नाममा गरेको छ ।
वि.सं.२०७७ मंसिर ३ बुधवार ११:१८ मा प्रकाशित
























