३ मंसिर, काठमाडौँ । सत्तारुढ दल नेकपाको पूर्व निर्धारित सचिवालय बैठकसँग जुधाएर मन्त्रीपरिषद्को बैठक डाकिएपछि बालुवाटार भित्रको परिदृश्यका बारेमा अनेकौं अड्कलबाजी गरिएका छन् ।
प्राय सोमबार र बिहिबार बोलाइने मन्त्रीपरिषद्को बैठक असामान्य परिस्थितिकै कारण बुधबार १ बजे नै बोलाइएपछि विभिन्न अड्कलहरु बढेका हुन् ।
सचिवालयका नेता था पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधब नेपाल, झलनाथ खनाल तथा बामदेव गौतम र नारायणकाजी श्रेष्ठ लगायतका नेताको गुप्तचरी अस्वभाविक रुपले बढाइएको भनेर प्रचार गरिएकै बेला बालुवाटारको बैठक सहज नहुने अनुमान गरिएका छन् ।
बालुवाटारमा एकातिर प्रधानमन्त्री ओलिले विशेष निर्णय(अध्यादेश–मध्यावधी) गर्ने आशंका गरिएको छ भने प्रचण्ड लगायतका नेताहरुको बैठक व्यवस्थापन देखि ओलिमाथि कारवाही सम्मका निर्णय हुन सक्ने आशंका गरिएको छ ।
वि.सं.२०७७ मंसिर ३ बुधवार ११:२३ मा प्रकाशित






























