काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन् । प्रधानमन्त्री ओली बुधबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न लागि शीतल निवास पुगेका छन्।
उनी यसअघि मंगलबार राति १० बजेतिर पनि शीतल निवास पुगेका थिए। नेकपाभित्रको विवाद बढ्दै गएका बेला प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग बारम्बार भेट गर्ने गरेका छन्। उनी केही दिनअघि पनि बालुवाटार पुगेका थिए।
शीतल निवास पुगेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक भने एक घण्टा पर सारेका छन् । यसअघि प्रधानमन्त्री ओलीले दिउँसो एक बजे मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।
बैठक अघि भण्डारीसँगकाे भेटलाई अर्थपूर्णँ रुपमा हेरिएकाे छ ।
वि.सं.२०७७ मंसिर ३ बुधवार ११:२९ मा प्रकाशित






























