back
CTIZAN AD

वैदेशिक रोजगारको आम्दानी, स्वदेशमा लगानी

वि.सं.२०७७ मंसिर ३ बुधवार

735 

shares

३ मंसिर, बलेवा । पाँच वर्ष दक्षिण कोरिया बसेर गाउँ फकेका जैमिनी नगरपालिका–५ बिनामारेका मधु पौडेल अहिले बोलेरो जीप चलाउछन्। विदेश जानुअघि देशमै सिकेको सीपले उनलाई काममा सघाएको छ, कोरियामा कमाएको पैसाले बुलेरो जोड्यो ।

पाँचवर्षे करार अवधि भ्याएर घर फकेका उनी फेरि विदेश फर्किन चाहेनन्। अहिले उनले यातायात व्यवसायमा हात हालेका छन् ।

जैमिनीकै राङखानीका बोमबहादुर विकले विदेशमा कमाएको पैसा फर्निचर उद्योगमा लगानी गरेका छन । विभिन्न देश गरी लामो समय विदेश बसेका विकले राङखानीकै व्याडथलामा फर्निचर उद्योग सञ्चालनमा ल्याएका हुन । मलेशिया, साउदीदेखि कोरियामा मात्र १० वर्ष बिताउँदा नमरेको पैसा कमाउने धित मार्न उनले गाउँमै लगानी गरेका हुन् ।

विदेशमा कमाएको धेरथोर पैसा साना व्यवसायमा लगानी गर्दा निरन्तर आम्दानी र अन्यलाई रोजगारीसमेत हुने उनको बुझाइ छ । उनको उद्योगमा पलङ, कुर्ची, टेबल, झ्यालढोकालगायतका काठका सामग्री निर्माण गरिन्छ । यसबाट उनी बाहिरी बजारमा जाने गाउँको पैसा गाउँमै रोकिएको जिकिर गर्छन् । उद्योगमा रु ५० लाख लगानी गरेको विकले बताए।

“धेरै विदेश धाइयो अलिअलि कमाइ भयो, विदेशको कमाइ भलबाढी हो धेरै टिक्दैन”, विक भन्छन, “निरन्तर आम्दानीका लागि देशमै केही गर्नैपर्छ ।” लगानी नगरी प्रतिफल नआउने भन्दै विकले कमाएको पैसा यत्तिकै राख्दा कुनै फाइदा नहुने बताए । विकको फर्निचरमा उनको परिवार र केही गाउँका युवाले समेत काम गर्छन् ।

“मैले रु ४०/५० लाख लगानी गर्दा घरपरिवार र छिमेकीलाई समेत काम पुगेको छ”, उनले भने, “काम भए कमाइ हुन्छ, कमाइ भए खर्च पुग्छ ।” उनले विदेशका मानिसहरुको व्यवसायप्रतिको मोह देखेर आफूले पनि सानो व्यवसाय थालेको बताए ।

जैमिनी–१० राङखानीका यम पुन दुबईबाट फर्किनुभएको हो । दुबईमा काम र दाम धेरै राम्रो थियो तर उहाँ ११ वर्षको दुबई बसाइ सकेर गाउँघरमै व्यवसायमा लाएका छन् । उनले दुबईमा कमाएको पैसा लगानी गरेर कुश्मीशेरा बजारमा ‘जैमिनी कृषि तथा पशुपक्षी फार्म एण्ड रिसर्च सेन्टर तथा ब्लक उद्योग’ सञ्चालनमा ल्याएको छ ।

विदेशको सिकाइ र भोगाइलाई साना व्यवसायमा लगाउने योजना बनाएका पुनले ब्लक उत्पादनदेखि पक्षीको फार्मसम्मका लागि रु ५० लाख लगानी गरेका छन । “ठूलो योजना बनाएर कामको थालनी गरेका छौँ”, पुन भने, “ब्लक उद्योगबाट शुरु गरेका छौँ, उद्योगबाट दैनिक ५०० ब्लक निर्माण हुनेछ, त्यहाँ तीन व्यक्तिले रोजगारी पाउँछन् ।” उद्योगअन्तर्गत बङ्गुरपालन शुरु भएको छ ।

पाँच सय बङ्गुर पाल्ने योजना छ । त्यहाँँ बङ्गुरपालनसँगै कुखुरा, टर्की, बट्टाइ, कडकनाथ र माछापालन गर्ने लक्ष्यसाथ अहिले काम शुरु गरिएको छ । “आफ्नै ठाउँमा गरे हुन्छ भन्ने सन्देश दिने इच्छा छ”, पुन भने, “विदेशमा दुःखले कमाएको स्वदेशमा लगानी गरेर रोजगारी सिर्जना गर्ने लक्ष्य हो ।”

उल्लिखित तीन युवाका अतिरिक्त जैमिनीमा विदेशमा कमाएर गाउँघरमा लगानी गर्ने युवाको उल्लेख्य सङ्ख्या छ । पशुपालन, व्यापार, व्यावसायिक केराखेती, माहुरीपालन तथा साना उद्योगको सञ्चालनमा युवाले सहभागितात्मक लगानी बढाएका छन् । युवाको सक्रियताअनुसारको साथ स्थानीय सरकारले नदिएको युवाहरुको गुनासो छ । रासस

वि.सं.२०७७ मंसिर ३ बुधवार ११:३७ मा प्रकाशित

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...