back
CTIZAN AD

स्पेन र फ्रान्स नेसन्स लिगको सेमिफाइनलमा

वि.सं.२०७७ मंसिर ३ बुधवार

579 

shares

३ मंसिर, काठमाडौं । जर्मनीलाई ६-० को फराकिलो गोल अन्तरले पराजित गदैं स्पेन नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । स्पेनको जीतमा फेरान टोरेसले करियरको पहिलो ह्याट्रिक गरेकाे खेलमा स्पेनले शानदार जित हात पारेको हो ।

जितसँगै स्पेन लिग ए को समुह चारबाट ६ खेलबाट ११ अंकका साथ सेमिफाइनलमा प्रवेश गरेको छ । स्पेनसँगको हार पछि  जर्मनी भने समूह चरणबाटै बाहिरिएको छ।

स्पेनको जीतमा अल्भारो मोराटा, रोड्री र मिकेल ओयाजबालले समान एक-एक गोल गरेभने फेरान टोरेसले खेलको ३३औं ,५५औं र ७१औं मिनेटमा गोल गर्दै करियरको पहिलो ह्याट्रिक पूरा गरे ।

फ्रान्स पनि सेमिफाइनलमा

लिग ए को समुह तीनमा रहेको फ्रान्स समुह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । यस अघिको खेलमा पोर्चुगललाई पराजित गर्दै फ्रान्स अंक तालिकाको सिर्ष स्थानमा रहेको थियो । लिगको अन्तिम खेलमा स्वीडेनलाई ४-२ ले हराउदै फ्रास सेमिफाइनख प्रवेश गरेको हो ।

समुह चरणको अन्तिम खेलमा पोर्गुचलले पनि जीत हात पारेको छ । क्रोएसिया विरुद्ध ३-२ को पुनरागमन जित हात पार्दै पोर्चुगल अंक तालिकाको दोस्रो स्थानमा रह्यो । पोर्चुगलको लागि रुवेन डियासले दुई गोल र जाओ फेलिकसले एक गोल गरेभने क्रोउसियाका लागि दुवै गोल माटियो कोभासिसले गरे ।
नेसन्स लिग अन्तरगत आजपनि समुह चरणका अन्य खेलहरु हुदै छन् ।

वि.सं.२०७७ मंसिर ३ बुधवार ११:५१ मा प्रकाशित