काठमाडौं । रुसको तल्लो सदन डूमाले गत जुलाईमा गरिएको जनमत संग्रहले सहमती दिएको विधेयक पारित गरेको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार रुसको तल्लो सदनले मंगलबार बहुमतका आधारमा उक्त विधेयक पारित गरेको हो ।
सञ्चार माध्यमका अनुसार विधेयकमा राष्ट्रपति भ्यादिमीर पुटिन र उनको परिवारमाथि कुनै पनि मुद्दा चलाउन नपाईने व्यवस्था छ । साथै उनको परिवारमाथि कुनै पुछताछसमेत गर्न नपाईने व्यवस्था छ । सञ्चारमाध्यमका अनुसार योसँगै पुटिनको सम्पत्तीमाथि पनि कानूननत कुनै कारबाही गर्न पाईँदैन् ।
जनाइएअनुसार तल्लो सदनबाट विधेयकलाई तीन पटकसम्म पास गराउनुपर्छ । मंगलबार पहिलो पटक पास गरिएको हो ।
रुसको दुवै संसदमा पुटिनको समर्थक पार्टी यूनाइटेड रसिया पार्टीको बहुमत छ ।
जानकारअनुसार राष्ट्रपति पुटिन आजिबन राष्ट्रपति पदमा आसिन हुन चाहन्छन् । जसको लागि उनले यसअघि पनि कानून परिवर्तन गरि पटक–पटक राष्ट्रपति हुन पाउने व्यवस्था बनाएका थिए ।
राष्ट्रपति पुटिनको कार्यकाल आगामी २०२४ देखि सकिदैं छ तर पछिल्लो कानुनी संशोधनसँगै उनी पुनः १२ वर्ष राष्ट्रपति बन्न सक्दछन् । सँगै पछिल्लो कानून पारित भएसँगै उनी आजिवन कानूनभन्दा माथि हुन्छन् । एजेन्सीबाट
वि.सं.२०७७ मंसिर ३ बुधवार १३:३६ मा प्रकाशित






























