back
CTIZAN AD

दोर्दीमा आजदेखि पठनपाठन शुरु

वि.सं.२०७७ मंसिर ३ बुधवार

660 

shares

३ मंसिर, लमजुङ । दशैँअघिबाट बन्द दोर्दी गाउँपालिकाका विद्यालयमा आजदेखि पठनपाठन शुरु गरिएको छ । कोभिड–१९ ले बन्द भएको पालिकाका सबै विद्यालयमा स्वास्थ्य सुरक्षा सावधानी अपनाउँदै पठनपाठन शुरु गरिएको हो ।

गाउँपालिका शिक्षा समितिको गत कात्तिक ५ गते बसेको बैठकले कात्तिक ७ गतेबाट बन्द गर्ने र मङ्सिर ३ गतेदेखि सञ्चालन गर्ने निर्णयअनुसार नै पालिकाका विद्यालयमा पठनपाठन शुरु गरिएको गाउँपालिका शिक्षा शाखाका शिक्षा अधिकृत भीमप्रसाद लामिछानेले बताए ।

कोरोना सङ्क्रमणको जोखिमका कारण लकडाउन तथा निषेधाज्ञा जारीले गर्दा बन्द रहेको लामो समयपछि गत असोज ११ गतेबाट यस पालिकामा पठनपाठन शुरु भएको केही हप्ता नपुग्दै कोरोनाको कारण पुनः विद्यालय सो समयदेखि बन्द रहेको थियो । आगामी दिनदेखि भने निरन्तर पठनपाठन हुने तयारीमा रहेको र केही दिनमा बैठक बसेर निर्णय गर्ने शाखा प्रमुख लामिछानेको भनाइ छ ।

शिक्षा शाखाका अनुसार २० जना भन्दा कम विद्यार्थी रहेको प्रावि तहको विद्यालयमा नियमित रुपमा पठनपान शुरु हुने भएका छन् । सोभन्दा धेरै विद्यार्थी रहेका निमावि र माविमा जोर विजोरका आधारमा सिकाइ सहजीकरण गरिने भएको छ । पालिकाभर मावि आठ, निमावि नौ र ३५ प्रावि छन् ।

पालिकामा एउटा निजी आवासीय प्रावि र अन्य सबै सरकारी विद्यालय छ । पालिकाभर तीन हजार ५०० विद्यार्थी रहेका छन् । उनले भने, “बिहान दशदेखि दिउँसो ३ बजेसम्म विद्यालयमा पठनपाठन हुन्छ, विद्यार्थीलाई अनिवार्य मास्क, स्यानिटाइजर र साबुन पानीले हातखुट्टा धुनेलगायतका सबै स्वास्थ्य सावधानी अपनाउन लगाइएको छ ।

पहिलो दिन भएकाले उल्लेखनीय रुपमा भने विद्यार्थी सहभागी भएको छैनन् ।” त्यस्तै, जिल्लाका अन्य पालिकाका विद्यालय सञ्चालनको तयारीमा रहेको छ । रासस

वि.सं.२०७७ मंसिर ३ बुधवार १५:२८ मा प्रकाशित

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना : १३ महिनामा ५० प्रतिशत भौतिक प्रगति

‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना : १३ महिनामा ५० प्रतिशत भौतिक प्रगति

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकामा निर्माणाधीन ‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना...

नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी

नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी

गण्डकी । प्रक्रियागत ढिलाइका कारण गत वर्ष सुरु हुन नसकेको...

मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा

मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा

मुस्ताङ । यहाँको प्रदेश अस्पताल जोमसोममा पछिल्ला चार आर्थिक वर्षमा...