back
CTIZAN AD

सचिवालयमा बैठकमा ओलीले भने – पार्टी एकता प्रक्रिया अब अगाडि बढ्दैन्

वि.सं.२०७७ मंसिर ३ बुधवार

957 

shares

काठमाडौं । बुधबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता प्रक्रिया रोक्नुपर्ने प्रस्ताव राखेका छन् । ओली निकटका सचिवालय सदस्य एंव उपप्रधानमन्त्री ईश्वर पोखरेलका अनुसार बुधबारको बैठकमा उनले आफुँविरुद्व गरिएको आरोपहरुको छिनोफानो नगरी एकता प्रक्रिया अगाडि बढाउन सम्भव नहुने स्पष्ट पारेका हुन् ।

‘आरोपहरूको छिनोफानो नगरी पार्टी एकताको प्रकृयालाई अगाडि बढाउन सहज र संभव नहुने कुराको समेत उल्लेख गर्नुभएको छ, यो गंभीरतालाई पार्टी एकताको पक्षमा उभिनु भएका नेकपाका सबै तहका नेता, कार्यकर्ताहरूले बुझौं र त्यसै अनुसार आफूलाई तयार बनाऔं’, पोखरेलले सचिवालय बैठकबारे सामाजिक सञ्जालमा भनेका छन् ।

उनका अनुसार बुधबारको सचिवालय बैठकमा ओलीले आफुँविरुद्व लगाइएका आरोपहरु अस्वीकार गर्दै व्यवस्थित र सामग्रिक रुपमा खण्डन गर्नेसमेत बताएका थिए । पोखरेलले अगाडि भनेका छन्, ‘आफूमाथि लगाइएका “तथ्यहीन, आधारहीन, पार्टी एकतामा गंभीर रूपमा आँच पुर्याउने मनसाय र उद्देश्यबाट प्रेरित आरोपहरू” लाई आफूले अस्वीकार गर्ने र खारेज गर्ने उद्घोष गर्नुभएको छ केपी शर्मा ओलीले, सचिवालयको बैठकमा, त्यसको व्यवस्थित र सामग्रिक रूपमा खण्डन गर्ने कुराको समेत घोषणा गर्नुभएको छ, उहाँले ।’

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका ५ सचिवालय सदस्यले ओलीको कार्यशैलीप्रति असहमती जनाउँदै गत कात्तिक २८ मा बसेको सचिवालय बैठकमा १९ पन्ने प्रस्ताव छलफलको लागि अघि सारेका थिए । प्रचण्डसहितका सचिवालय सदस्यले प्रस्ताव अगाडि सारेसँगै ओलीले प्रस्वात फिर्ता लिनुपर्ने बताईरहेका थिए ।

ओलीको असहमतीका बीच बुधबार बसेको सचिवालय बैठकमा उनले आफुँविरुद्व राखिएको प्रस्तावको ‘काउण्टर प्रस्ताव’ ल्याउने भन्दै १० दिनको समयावधि मागेका छन् । जसको लागि सचिवालय बैठक मंसिर १३ सम्म स्थगित गरिएको छ ।

वि.सं.२०७७ मंसिर ३ बुधवार २०:४६ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...