back
CTIZAN AD

पूर्वाञ्चल दैनिक बाट सुरू भयाे लिम्बू भाषा सामग्रीको प्रकाशन

वि.सं.२०७७ मंसिर ३ बुधवार

720 

shares

३ मंसिर, काठमाडौं । झापाको विर्तामोडबाट प्रकाशित हुँदैआएको पूर्वाञ्चल दैनिकले लिम्बू भाषा ९किरात सिरिजङ्गा लिपि० सामग्री प्रकाशन शुरु गरेको छ ।

पूर्वका दैनिक पत्रिका अखबारमध्ये पूर्वाञ्चल दैनिकले पहिलोपटक यस्तो भाषिक सामग्री प्रकाशनको शुरुआत गरेको हो । किरात याक्थुङ् चुम्लुङ झापाको सहकार्यमा पत्रिकाले आजदेखि उक्त सामग्री प्रकाशन शुरु गरिएको प्रधानसम्पादक एकराज गिरीले बताए ।

सम्पादक गिरीका अनुसार लिम्बू बाहुल रहेको जिल्लामा लिम्बू भाषाबाट नै आम पाठकलाई सूचना दिने उद्देश्यले पाक्षिकरुपमा भाषिक सामग्री प्रकाशन गरिने छ । लिम्बू भाषा सामग्री प्रकाशनका लागि सेसेहाङ फियाकलाई सम्पादक र सेसेमी से–नाल्बो र डिल्लीश्वर मुसाहाङ्लाई सहसम्पादकको जिम्मेवारी दिइएको जनाइएको छ ।

पत्रिका २६ वर्षमा प्रवेश गरेसँगै अब अन्य समुदायको भाषामा पनि सामग्री प्रकाशन गर्दै जाने लक्ष्यअनुसार प्रारम्भिक चरणमा लिम्बू भाषाबाट सामग्री प्रकाशन शुरुआत गरिएको सम्पादक गिरीले बताए । भाषिक पृष्ठमा समाचार, कथा, कविता, गीत, नाटक, उपन्यास, गजल, हाइकुलगायत विविध सामग्री प्रकाशन गरिने उनले जानकारी दिए । रासस

वि.सं.२०७७ मंसिर ३ बुधवार २०:१० मा प्रकाशित

मनै लोभ्याउने ‘माइपोखरी’

मनै लोभ्याउने ‘माइपोखरी’

फिक्कल (इलाम) । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

सिरदली-चौडेनी सडक स्तरोन्नति

सिरदली-चौडेनी सडक स्तरोन्नति

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ...

रास्वपा ताप्लेजुङमा गुरुङ

रास्वपा ताप्लेजुङमा गुरुङ

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ सभापतिमा राजनकुमार गुरुङ...

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

भोजपुर । जिल्लाको हतुवागढी–२ लुङ्गिन क्षेत्रमा केन्द्रीय विद्युत् सेवा विस्तार...