back
CTIZAN AD

स्नातकतहमा अध्ययनरत विद्यार्थीको शैक्षिक शत्र खेर नजाने, सङ्क्रमित विद्यार्थीको लागि गरियो यस्तो व्यवस्था

वि.सं.२०७७ मंसिर ४ बिहीवार

684 

shares

४ मंसिर, काठमाडौं । विश्वव्यापि  माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड- १९) का कारण  प्रभावित बनेको स्नातकतहका विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी व्यवस्थापन गरिने भएको छ ।

त्रिविले स्नातकतहमा वार्षिक प्रणाली अन्तर्गत अध्ययन गर्दै आएका विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी आन्तरिक तयारी मिलाइएको जानकारी दिएको छ हो ।

गत वैशाख १६ बाट नै हुनुपर्ने त्रिविको परिक्षा कोरोनाका कारण स्थगन गरिएको थियो । स्थगन गरिएको विज्ञान, व्यवस्थापन, शिक्षाशास्त्र अन्तर्गत स्नातकतह चौथो वर्षको परीक्षा मंसिर २८ बाट लिने गरी त्रिविले कार्यतालिका सार्वजनिक गरेको हो ।

मंसिर २४ बाट सुरु भएर पौष १४ मा समापन हुने परिक्षाको चैतको हाराहारीमा स्नातकोत्तरतहमा भर्ना हुनसक्ने गरि नतिजा प्रकाशन गर्ने तयारीमा त्रिवि रहेको छ ।

यसअघि फागुनमा स्नातकोत्तर तहमा विद्यार्थीको कक्षा सुचारु हुने गरेको थियो ।

सङ्क्रमित परीक्षार्थीको लागि छुट्टै व्यवस्था

त्रिविको योजना अनुसार कोरोना भाइरस सङ्क्रमित विद्यार्र्थीलाई परीक्षा दिनको लागि विशेष व्यवस्था गरिएको छ ।
सङ्क्रमित विद्यार्थीको परीक्षा समय अन्य विद्यार्र्थी भन्दा १५ मिनेटपछि संञ्चालन गरिने भएको हो ।

साधारण विद्यार्थीसँग सङ्क्रमित विद्यार्थीको सम्पर्क नगराउनका लागि त्रिविले परीक्षा केन्द्रमा अलग्गै कोठाको व्यवस्था गर्ने भएको छ ।

वि.सं.२०७७ मंसिर ४ बिहीवार ११:४६ मा प्रकाशित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...