back
CTIZAN AD

च्याउखेतीबाट मनग्य आम्दानी, बजारको चिन्ता छैन, खपत सहजै

वि.सं.२०७७ मंसिर ४ बिहीवार

768 

shares

४ मंसिर, कैलाली । कैलालीको जानकी गाउँपालिकाका युवा च्याउखेतीमा आकर्षित भएका छन् । उनीहरुले व्यावसायिकरूपमा च्याउखेती गरेर अहिले मनग्य आम्दानीसमेत लिन थालेका छन् ।

रु छ हजार लगानीबाट च्याउखेती शुरुआत गरेका जानकी–४ का श्रीराम कठरियाले अहिले रु दुई लाखको लगानी गरेका छन् । उनले कन्य च्याउ र गोब्रे च्याउ गरी दुईथरिका च्याउ उत्पादन गरिरहेका छन्। “मैले विगतमा धेरै काम गरेँ तर अहिले च्याउखेतीमा भने सन्तुष्ट छु”, उनले भने, “दुई जातका च्याउ उत्पादन गर्छु, बजारको चिन्ता छैन, खपत सहजै भइरहेको छ ।”

अन्य कामभन्दा कम लगानी र घरमै बसेर गर्न सकिने भएकाले च्याउखेती रोजेको उनको भनाइ छ । “शुरुमा थोरै लागनीबाट शुरु गर्न सकिन्छ, तरकारी भएकाले बिक्री भइहाल्छ”, उनले भने “घरपरिवार मिलेर गर्न सकिन्छ, यसले कामदार व्यवस्थापनमा समेत सहयोग पुगेको छ । च्याउसँगै अन्य काम पनि गर्न सकिन्छ ।”

जानकी–५ का एञ्जिल चौधरीले पनि गत वर्षदेखि च्याउखेती शुरुआत गरेका छ । उनले रानी जमरा कुलरिया सिँचाइ आयोजना कैलालीको ५० प्रतिशत अनुदान सहयोगमा च्याउखेती गरेका हुन । “आधा लगानी सिँचाइ आयोजनाले गरिदिएपछि म थप हौसिएको छु । अहिले ६०० पोका च्याउ उत्पादन गरिरहेको छु”, उनले भने, “मेरो बारीमा उत्पादन भएको च्याउ टीकापुर, लम्की, जोशीपुर, भजनी र धनगढीसम्म जाने गरेको छ ।” उनको व्यवसायमा पनि पाँच जना घरका सदस्य आफैँले काम गरिरहेका छन् । बजारीकरणका लागि दुई जना कामदारसमेत राखेका छन्।

कामका लागि युवाहरु विभिन्न ठाउँ भौतारिनुभन्दा यसरी व्यवसाय थालेमा यही राम्रो कमाइ गर्न सकिने उनको भनाइ छ । “बेरोजगार भयौँ भनी धेरै युवाहरु भारत तथा विदेश जान थालेका छन्, कोरोना सङ्क्रमण फैलिएपछि यहाँका अधिकांश युवा भारत पसेका छन्”, उनले भने, “बेरोजगार बस्नु, विदेश जानुभन्दा यही कृषिमा लागे राम्रो आम्दानी गर्न सकिन्छ ।”

गाउँपालिकाले पनि युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले विभिन्न सीपमूलक तालिम सञ्चालन गर्नुका साथै कृषिमा अनुदानका कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । जानकी गाउँपालिका अध्यक्ष प्रदीपकुमार चौधरी युवालाई लक्ष्य गरेर कृषिकर्म गर्ने युवालाई गाउँपालिकाले सघाइरहेको जानकारी दिन्छन । “तालिम, प्राविधिक ज्ञान दिने काम गाउँपालिकाले गरिरहेको छ”, उनले भने, “यसका साथै नयाँ कृषि व्यवसाय गर्न चाहनेका लागि गाउँपालिकाले थप सहयोग गर्न सक्छ ।”

कृषक अगुवा सन्दीप चौधरी पछिल्लो समय युवाहरु कामको खोजीमा विदेशिने क्रम बढेकाले स्थानीय सरकारले स्थानीयस्तरमा युवालाई स्वरोजगार बनाउने खालका कार्यक्रम थप सञ्चालन गर्नुपर्ने सुझाव दिन्छन्। “अबको भविष्य भनेको कृषि नै हो, कृषिलाई प्राथमिकतामा राखेर लगानी गर्नुपर्छ”, उनी भन्छन, “अनुदानमात्र नभई बजारीकरणमा समेत सहयोग गर्न आवश्यक छ ।” रासस

वि.सं.२०७७ मंसिर ४ बिहीवार ११:५७ मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...