४ मंसिर, काठमाडौं । लक्ष्मी बैंकले बिहीबार थप ३ नयाँ शाखा विस्तार गरेको छ ।
बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा ललितपुर –८ पाटन, गोकर्णेश्वर–७, मूलपानी र टोखा–३, टोखामा नयाँ शाखा विस्तार गरेको हो ।
थप शाखाहरुको विस्तार गरेसंगै बैंकको संजाल ४८ जिल्लामा १२४ शाखा, ७ एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १५५ एटिएम, २५ सय भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा–रहित बैंकिङ्ग एजेन्ट मार्फत सेवा प्रवाह गरिरहेको बैंकले जनाएको छ ।
वि.सं.२०७७ मंसिर ४ बिहीवार १६:०० मा प्रकाशित






























