४ मंसिर,काठमाडौं । जबरजस्ती करणी गरेको अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा बुधबार साँझ प्रहरीले अजय महरालाई पक्राउ गरेको छ । कल्याणपुर नगरपालिका-४ का २० वर्षीय महराले २२ वर्षीया महिलाको अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोग छ ।
ती महिलालाई सोही नगरपालिका-४ का २३ वर्षीय जितन रामले जबरजस्ती करणी गरेको भिडियो अजयले खिचेका थिए । अजयले सो भिडियो देखाई व्ल्याकमेल गर्दै महिलालाई पटकपटक जबरजस्ती करणी गर्ने योजना बनाउने गरेको प्रहरीले जानकारी दिएको छ ।
उनलाई ईलाका प्रहरी कार्यालय कल्याणपुर सिरहाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । करणीमा सम्लग्न फरार रामको खोजी भइ रहेको प्रहरीले जनकारी दिएको छ ।
वि.सं.२०७७ मंसिर ४ बिहीवार १६:२७ मा प्रकाशित






























