back
CTIZAN AD

हाँडीगाउँको प्रवद्र्धन र विकासका लागि रु एक करोड बजेट

वि.सं.२०७७ मंसिर ४ बिहीवार

645 

shares

४ मंसिर, काठमाडौं । काठमाडौंँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंको ऐतिहासिक सांस्कृतिक क्षेत्र हाँडीगाउँको प्रबद्र्धन र विकासका लागि विशेष बजेट व्यवस्था गरिएको जानकारी दिएका छन् ।

काठमाडौँ–५ मालीगाउँस्थित ऐतिहासिक ध्येः छेंः को पुनर्निर्माणका लागि स्थलगत निरीक्षण गर्दै शाक्यले सो क्षेत्रको अनुसन्धानका लागि रु एक करोड व्यवस्था गरिएको र महानगरपालिकाका तर्फबाट चाँडै सो क्षेत्रका पुरातात्विक सम्पदाको अध्ययन गरिने बताए।

काठमाडौं उपत्यकामा साँखुपछि दोस्रो पुरानो बस्ती हाँडीगाउँ क्षेत्रमा पुराना मठमन्दिर, जात्रा तथा पर्वकोे संरक्षण तथा प्रबद्र्धन गर्नु महानगरपालिकाको आफ्नो दायित्व रहेको स्पष्ट गर्दै शाक्यले मैतीदेवी मन्दिरको खट तथा देवता राख्ने घरको मङ्सिरभित्र परम्परागत स्वरूपमा शिलान्यास गरिने जानकारी पनि दिए ।

काठमाडौंँस्थित मैतीदेवीलाई गोरखाको प्रसिद्ध मनकामना माई देवीको दिदीका रुपमा लिइन्छ । विभिन्न जात्रा तथा पर्वका अवसरमा मैतीदेवी मन्दिरमा लगिने तथा विभिन्न स्थान घुमाइने खट तथा देवता राखिने घर ‘ध्येः छेंः’ को निर्माण अनुमानित लागत रु दुई करोड ६ लाख छ ।

काठमाडौंँ क्षेत्र नं ५ ९क० वाग्मती प्रदेशसभा सदस्य नारायण सिलवाल, तत्कालीन संविधानसभा सदस्य रत्न गुरुङ, कामपा– ५ का वडाध्यक्ष रमेश डङ्गोललगायत सो क्षेत्रको निरीक्षण गरेका थिए ।

स्थानीय सरोकार पक्षको उपभोक्ता समिति गठन गरेर भवन बनाउने तयारी भएको प्रदेशसभा सदस्य सिलवालले जानकारी दिए । मालीगाउँमा परापूर्वकालमा देवता तथा खट राख्ने ‘ध्येः छेंः’ बनाइएको थियो ।

सो भवन जीर्ण भएपछि आधुनिक रुपमा पुनर्निर्माण गरिएको थियो । अब भने प्राचीन शैलीमै निर्माण गरिने जनाइएको छ । सो भवनमा नेवार समुदायले भाइटीका तथा म्हपूजासमेत गर्दै आएको छ । रासस

वि.सं.२०७७ मंसिर ४ बिहीवार १६:४१ मा प्रकाशित

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...