back
CTIZAN AD

प्रचण्डकी नातिनी स्मीताको नयाँ गीत ‘मालिङ्गो’ सार्वजनिक

वि.सं.२०७७ मंसिर ४ बिहीवार

693 

shares

४ मंसिर, काठमाडौँ । गायिका स्मीता दाहालको नयाँ ‘श्रव्य दृश्य’ सङ्ग्रह सार्वजनिक भएको छ । आफैँले गाएको गीतको म्युजिक भिडियोमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मीता नायक राजेश हमालको जोडीका रुपमा देखिएकी छन् । स्मीता र लोकप्रिय सर्जक राजनराज शिवाकोटीको स्वर रहेको ‘मालिङ्गो’ बोलको गीतको भिडियो आज सार्वजनिक भएको हो ।

भिडियोले बलात्कार हुनबाट जोगिएकी किशोरीको कथालाई देखाएको छ । भिडियोमा राजेश हमाल पत्रिका पु¥याउने हकरको भूमिकामा देखिएका छन् । सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा शिवाकोटीको सङ्गीत, उदयराज पौडेलको संयोजन, श्यामश्वेत रसाइलीको मिक्सिङ छ भने सम्पादन भूपेन्द्र अधिकारी तथा कलर रेनिस फागोको रहेको छ ।

सुनिल क्षेत्रीको कथा÷कन्सेप्ट र कोरियोग्राफीमा बनेको भिडियो नवराज उप्रेतीले खिचेका हुन् । भिडियो सरोज ओलीको निर्देशनमा तयार भएको हो ।

वि.सं.२०७७ मंसिर ४ बिहीवार १८:४३ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...