back
CTIZAN AD

सहुलियतमा मल उपलब्ध गराउन बजेटको व्यवस्था

वि.सं.२०७७ मंसिर ४ बिहीवार

687 

shares

सम्झौताअनुसार ५० किलोको प्रतिबोरा एमोनियम सल्फेट रु एक हजार, बोरोन मिश्रण भएको सिङ्गल सुपर फस्फेट रु ९३० र जिङ्क मिश्रण भएको सिङ्गल सुपर फस्फेट रु ९०० बिक्री मूल्य निर्धारण गरिएको छ ।

४ मंसिर, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले किसानलाई सहुलियत मूल्यमा रासायनिक मल बिक्री गर्न साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड धनगढीलाई रु एक करोड बजेट उपलब्ध गराउने भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनितादेवी चौधरीको उपस्थितिमा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्रालयका सचिव डा किसनलाल भट्ट र कर्पोरेशनका धनगढीस्थित कार्यालयका नायब महाप्रबन्धक केशवप्रसाद पाण्डेबीच सहुलियत मूल्यमा मल बिक्री गर्नेसम्बन्धी सम्झौता आदानप्रदान भएको छ ।

सम्झौताअनुसार कर्पोरेशनले बिक्री गर्दै आएको रासायनिक मल एमोनियम सल्फेट र सिङ्गल सुपर फस्फेट कर्पोरेशनले तोकेको मूल्यभन्दा सहुलियत मूल्यमा बिक्री गर्नुपर्नेछ । खेती गर्ने समयमा रासायनिक मल अभावको समस्या खेप्दै आएका किसानलाई सहुलियत मूल्यमा मलको व्यवस्था गरी राहत दिन प्रदेश सरकारले पहिलो पटक यो बजेट पलब्ध गराउने भएको हो ।

कर्पोरेशनले डिएपी र युरिया मलका अलावा युरिया मलको विकल्पमा प्रयोग गर्न सकिने एमोनियम सल्फेट र डिएपी मलको विकल्पमा प्रयोग गर्न सकिने सिङ्गल सुपर फस्फेट मलसमेत बिक्री गर्दै आएको छ । नेपाल सरकारले डिएपी र युरिया मलमा अनुदान दिए पनि एमोनियम फस्फेट र सिङ्गल सुपर फस्फेटमा अनुदान दिएको छैन । जसका कारण डिएपी र युरिया मलको तुलनामा यो मलको मूल्य केही महङ्गो पर्न गई आम किसानले खरिद गर्न सकिरहेका थिएनन् ।

“किसानलाई सहुलियत मूल्यमा मल उपलब्ध गराई राहत दिन प्रदेश सरकारले ऐतिहासिक काम गरेको छ”, कर्पोरेशनका नायब महाप्रबन्धक पाण्डेले भने, “अब प्रदेशमा मल अभाव हुँदैन ।” सम्झौताअनुसार ५० किलोको प्रतिबोरा एमोनियम सल्फेट रु एक हजार, बोरोन मिश्रण भएको सिङ्गल सुपर फस्फेट रु ९३० र जिङ्क मिश्रण भएको सिङ्गल सुपर फस्फेट रु ९०० बिक्री मूल्य निर्धारण गरिएको छ ।

कर्पोरेशनले अहिलेसम्म ५० किलोको प्रतिबोरा एमोनियम सल्फेट रु एक हजार ४२६, बोरोन मिश्रण भएको सिङ्गल सुपर फस्फेट रु एक हजार १६६ र जिङ्क मिश्रण भएको सिङ्गल सुपर फस्फेट रु एक हजार १४६ मा अधिकृत बिक्रेतामार्फत बिक्री गर्दै आएको छ ।

हाल डिएपी र युरिया मलको अभाव भए पनि कर्पोरेशनसँग एमोनियम सल्फेट र सिङ्गल सुपर फस्फेट मल पर्याप्त मौज्दात छ । मल बिक्रीको जिम्मा लिएको अर्को कृषि सामग्री कम्पनी लिमिटेडमा पनि हाल युरिया र डिएपी मलको अभाव छ । चालू आर्थिक वर्षको चौमासिकमा कर्पोरेशनले दुई हजार ४६५ मे टन एमोनियम सल्फेट र सिङ्गल सुपर फस्फेट मल बिक्री गरिसकेको जनाइएको छ ।

वि.सं.२०७७ मंसिर ४ बिहीवार १८:५२ मा प्रकाशित

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

जनप्रतिनिधिसँग बालबालिकाका माग

जनप्रतिनिधिसँग बालबालिकाका माग

टीकापुर (कैलाली) । स्थानीय पालिकाका जनप्रतिनिधिसँग सबै बालबालिकाको गुणस्तरीय शिक्षामा...

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...