back
CTIZAN AD

वालिङ एक हप्ताका लागि बन्द

वि.सं.२०७७ मंसिर ४ बिहीवार

753 

shares

४ मंसिर, स्याङ्जा । वालिङ नगरपालिकाले जनस्वास्थ्य विपद् घोषणा गरी अत्यावश्यक बाहेकका अन्य सम्पूर्ण सेवा एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ ।

वालिङ नगरकार्यपालिकाको आज बसेको बैठकले १४ वटै वडामा सङ्क्रमणको दर वृद्धि भएसँगै जोखिम न्यूनीकरणका लागि एक हप्ता बन्द गर्ने निर्णय गरेको हो । वालिङस्थित गह्रौ प्राथमिक अस्पतालको ‘¥यापिड रेस्पोन्स टिम’ को बैठकले वालिङमा कोभिड सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएकोले १० दिन बन्दाबन्दी गर्न सिफारिस गरेको र नगरस्तरीय कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा नगर कार्यपालिकाको बैठकले ‘जनस्वास्थ्य विपद्’ घोषणा गरी एक हप्ता बन्द गर्ने निर्णय गरेको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।

“बन्दाबन्दी शुरु भएको अवस्थादेखि असोजसम्ममा भारतलगायत तेस्रो मुलुकबाट आई क्वारेन्टिनमा बस्नेमा भन्दा कात्तिक महीनामा मात्रै सङ्क्रमणको दर समुदायस्तरमा बढेकाले जनस्वास्थ्य विपद् घोषणा गरी बन्द गरेका हौँ”, नगरप्रमुख खाँणले भने । जनस्वास्थ्य ऐन एवं नियमावलीले दिएको अधिकार प्रयोग गरी जनस्वास्थ्य विपद् घोषणा गरी मानिसको भीडभाड हुने स्थान, बैंक तथा वित्तीय संस्था, सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय, बजार, पसल, अत्यावश्यक बाहेकका सवारी साधन र सभा समारोह नगर्न नगराउन अनुरोध गरिएको नगर उपप्रमुख कल्पना तिवारीले बताइन् ।

नगरपालिकाभित्र सभा समारोह, धार्मिक एवं सांस्कृतिक कार्यमा २५ जनाभन्दा बढी भेला हुन नदिने र एक हप्ताको अवधिलाई बन्दाबन्दी घोषणा गर्न जिल्ला कोभिड सङ्क्रमण व्यवस्थापन समितिमा सिफारिस गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए ।

त्यस्तैगरी बैठकले नगरपालिकाले स्थापना गरेको आईसोलेसन सेन्टरमा रहेका सङ्क्रमितलाई कोभिड १९ को लक्षण देखा परिरहेको र बिरामीको तत्काल ब्यवस्थापनका लागि कोभिड अस्थायी अस्पतालमा आकस्मिक रुपमा उपचारका लागि औजार तथा उपकरण तत्काल खरीद गर्ने निर्णयसमेत गरेको छ ।

वालिङ नगरपालिकामा हालसम्म १६९ जना सङ्क्रमित भएकामा १४३ जना निको भएर घर फिर्ता गएका छन् भने हाल २३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेको स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए । हालसम्म वालिङका तीन जनाको कोभिडका कारण मृत्यु भएको छ । “चैत ११ गतेदेखि असोज मसान्तसम्म वालिङमा सङ्क्रमितको संख्या ८४ जना थियो”, शाखा प्रमुख पाण्डेले भने, “कात्तिक महिनामा मात्रै समुदायस्तरमा ८५ जनामा कन्ट्याक्ट ट्रेसिङका आधारमा कोभिड पोजेटिभ देखिएकाले भित्रभित्रै अझै बढी सङ्क्रमित हुनसक्ने भएकाले जोखिम न्यूनीकरणका लागि सबैले सहयोग गर्न अनुरोध गर्दछु ।” वालिङ नगरपालिकाले हालसम्म एक हजार ६२२ जनाको पिसिआर परीक्षण गरेको जनाएको छ । (रासस)

वि.सं.२०७७ मंसिर ४ बिहीवार १९:२९ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...