back
CTIZAN AD

स्वास्थ्य मापदण्ड पालना गर्दै तिलोत्तमाले खोल्ने भयो आइतबार देखि सबै विद्यालय

वि.सं.२०७७ मंसिर ५ शुक्रवार

720 

shares

५ मंसिर, रुपन्देही । तिलोत्तमा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालय आगामी आइतबारदेखि खुल्ने भएका छन् ।

स्वास्थ्य मापदण्ड पालना गर्दै मङ्सिर ७ गतेदेखि विद्यालय सञ्चालनको तयारी गरिएको छ । कोरोना महामारीका कारण गत चैतदेखि बन्द रहेका विद्यालय विद्यार्थीलाई भौतिकरूपमै कक्षाकोठामा शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराउने गरी खुल्ने भएका हुन् ।

सङ्घीय सरकारले तय गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा अनुसार जनस्वास्थ्य प्रोटोकल मापदण्ड अवलम्बन गरी विद्यार्थीको पठनपाठन सञ्चालन गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख गङ्गाराम आचार्यले जानकारी दिए । उनका अनुसार नगर शिक्षा समितिको विस्तारित बैठकमा छलफल भई नगरस्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले बिहीबार पारित गरेको मापदण्डमा रहेर विद्यालय खुल्ने भएका हुन् ।

तोकिएको मापदण्डानुसार विद्यालय सञ्चालन भए\नभएको अनुगमन गर्न जनप्रतिनिधि, राजनीतिक दल, शिक्षक सङ्घसंस्था, प्याब्सन, एनप्याब्सनका प्रतिनिधि रहेको अनुगमन समितिसमेत गठन गरिएको छ ।

मापदण्डानुसार विद्यालयले कक्षाकोठाभित्र विद्यार्थीको भौतिक दूरी कायम गर्न एक बेञ्चमा दुई विद्यार्थी मात्र राख्ने व्यवस्था मिलाउनुपर्नेछ । विद्यार्थी सङ्ख्या, भौतिक पूर्वाधारको उपलब्धतासमेतका आधारमा कक्षा १ देखि आलोपालो विधिबाट कक्षा सञ्चालन गर्ने मापदण्ड तय गरिएको छ । मापदण्डानुसार अर्को निर्णय नहुँदासम्म विद्यालयले कक्षा १ भन्दा तल अध्ययनरत विद्यार्थीलाई विद्यालय बोलाउन पाउने छैनन् ।

ज्वरो तथा रुघाखोकी लागेका विद्यार्थी वा एकाघरका सदस्य कोरोना सङ्क्रमित भएमा ती परिवारका विद्यार्थीलाई विद्यालय पठाउन पाइने छैन । विद्यार्थी, शिक्षक, कर्मचारी विद्यालय हाताभित्र प्रवेश गर्दा अनिवार्यरूपमा साबुनपानीले हातधुने, मास्क लगाउने, तापक्रम मापन गर्ने व्यवस्था सम्बन्धित विद्यालयले मिलाउनुपर्ने मापदण्डमा भनिएको छ ।
यस्तै ४०० भन्दा बढी विद्यार्थी सङ्ख्या भएका विद्यालयले अनिवार्यरूपमा कम्तीमा एक जना विद्यालय नर्सको व्यवस्था गर्ने तथा सोभन्दा कम विद्यार्थी भएका विद्यालयले नजिकको सरकारी स्वास्थ्य संस्थासँग समन्वय र सम्पर्क गरी आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने पनि मापदण्डमा उल्लेख छ ।

विद्यालयमा विद्यार्थीको बसाइ अवधि लामो हुन नदिन मध्यान्तर नगरी निरन्तररूपमा कक्षा सञ्चालन गर्नुपर्ने, बस सेवा सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी विद्यार्थी राख्न नपाइने, बस प्रयोग गरेको दिनको आधारमा मात्र विद्यार्थीबाट बस भाडा लिनुपर्ने पनि मापदण्डमा तोकिएको छ । विद्यालयहरुले व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थीलगायत सरोकारवाला सबैलाई समेटी मापदण्डानुसार कक्षा सञ्चालन कार्ययोजना बनाई मङ्सिर १० गतेभित्र नगरपालिकाको शिक्षा शाखामा अनिवार्यरूपमा पेश गर्न नगरपालिकाले भनेको छ ।

सैनामैनाका कृषकलाई मौरीका घार

रुपन्देहीको सैनामैना नगरपालिकाका कृषकलाई आधुनिक मौरीका घार वितरण गरिएको छ । नगरपालिकाले मौरीपालन व्यवसायलाई प्रवद्र्धन गर्नुका साथै माहुरी स्रोत केन्द्र सञ्चालनका लागि बिहीबार ३० वटा घार वितरण गरिएको हो ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोग तथा सेतो गुराँस बाल विकास सेवा रुपन्देहीको संयोजनमा कोभिड–१९ उद्धार र सामाजिक, आर्थिक प्रतिकार्य परियोजनाअन्तर्गत नगरपालिकाको कृषि विकास शाखामार्फत नगरमा मौरीपालन गर्ने कृषकलाई मौरी घार वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकामा व्यावसायिकरूपमा मौरीपालन गर्ने माहुरी स्रोत केन्द्र सञ्चालनमा आबद्ध १५ कृषकलाई दुई–दुईवटाका दरले मौरीको घार प्रदान गरिएको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए ।

मौरीपालनका लागि आवश्यक पर्ने मौरी घार, मह निकाल्न आवश्यक पर्ने महमदानी, प्लाष्टिक ज्याकेट, घुम्ती टोपी, मह काड्ने जाली, चक्कुलगायतका १७ वटा सामग्री हस्तान्तरण गरिएको कृषि शाखा प्रमुख सिर्जना खनालले जानकारी दिनुभयो । माहुरी स्रोत केन्द्र सञ्चालनले आगामी वर्ष २० देखि ३० टनसम्म मह उत्पादन गर्ने लक्ष्य लिएको छ ।

वि.सं.२०७७ मंसिर ५ शुक्रवार ०८:५१ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...