back
CTIZAN AD

राष्ट्रपतिका उम्मेदवार पक्राउपछि युगान्डामा हिंसात्मक प्रदर्शन, सातको मृत्यु

वि.सं.२०७७ मंसिर ५ शुक्रवार

708 

shares

५ मङ्सिर । युगान्डाका राष्ट्रपति पदका उम्मेदबार बोबी वाइनलाई पक्राउ गरेपछि युगान्डाको राजधानी कम्पालामा हिंसा भड्किएको बताइएको छ ।
बिहीबार भएको सो हिंसात्मक प्रदर्शनमा परेर सात जना व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय समयानुसार सोमबारसाँझबाट शुरु भएको यस प्रदर्शनको क्रममा सात जनाको मृत्यु हुनुको साथै अन्य ४५ जना घाइते भएका प्रहरी प्रवक्ता फ्रेड एनानगाले मंगलबार एएफपी समाचार समितिलाई जनाएको छ ।

प्रदर्शनको क्रममा कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले निर्माण गरेका नियमहरु उल्लंघन गरेको आरोपमा प्रहरीले ती प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।तर पनि सोमबारदेखि नै उनका समर्थकहरुले प्रहरीलाई नै आक्रमण गरिरहेका बताएको थियो । यस क्रममा प्रहरीले रोबर्ट कयागुलानी नाम गरेका गायकलाई बिहीबार प्रहरी हिरासतमा पनि लिएको छ ।

त्यसपछि बिहीबार प्रदर्शन थप हिंसात्मक भएको थियो । प्रहरी र प्रदर्शनकारीबीच भएको झडपको क्रममा घाइते भएका ३० भन्दा बढी घाइतेलाई अस्पताल भर्ना गरिएको रेडक्रसले जानकारी दिएको छ ।

युगान्डामा हुन लागेको राष्ट्रपतिको निर्वाचनमा बोबी वाइन उम्मेदवार थिए । उनी त्यहाँको विपक्षी राजनीतिक दलको नेता पनि हुन ।

प्रहरीका अनुसार यस प्रदर्शनका क्रममा बिहीबार बोबी वाइनका समर्थकहरुले कम्पालाका सडकहरुमा आगो बालेर, त्यहाँका कतिपय भौतिक संरचनामा आगजनी गरेर र सडक अवरुद्ध गरेर विरोध गरेका थिए ।

वि.सं.२०७७ मंसिर ५ शुक्रवार ०९:२१ मा प्रकाशित

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने...

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

तेहरान । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...