back
CTIZAN AD

उत्पादकत्व खोजी गर्न माटो परीक्षण गदै नगरपालिका

वि.सं.२०७७ मंसिर ५ शुक्रवार

675 

shares

५ मंसिर, बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले कास्कीमा रहेको माटो परीक्षण प्रयोगशालाको प्राविधिक सहयोगमा माटो परीक्षण गर्न शुरुआत गरेको छ ।

नगरका दशवटै वडामा परीक्षण गरेर माटोको उत्पादकत्व खोजी गर्न थालिएको हो । माटोको गुणअनुसारको बाली लगाउने उद्देश्यले परीक्षण थालिएको नगरप्रमुख इन्द्रराज पौडेलले जानकारी दिए ।

माटोमा रहेको अम्लियपन र उत्पादकत्वमा ह्रास आउनुको कारण खोज्न परीक्षण शिविर सञ्चालन भएको उनले बताए । शिविरको पहिलो चरणमा किसान आफैँलाई माटोको नमूना सङ्कलनको विषयमा कृषि प्राविधिकले जानकारी गराएका छन् । “हामीले उत्पादन बढाउने उद्देश्यले यसो गरिरहेका छौँ”, उनी भन्छन्, “जबर्जस्त खेतीले कृषिमा प्रगति गर्न सकिन्न ।” उब्जाउ हुने जमिनको माटो परीक्षण हुने उनले जानकारी दिए । माटोको क्षमताअनुसारको बालीका लागि नगरपालिकाले प्राविधिकको सल्लाहमा सिफारिस गर्नेछ ।

“हिजोजस्तो आज हाम्रो उत्पादन छैन, गिरावट भएको उत्पादन बढाएर कम्तीमा हामी कृषिमा आत्मनिर्भर हुन चाहन्छौँ”, नगरप्रमुख पौडेल भने, “थोरै लगानीमा हाम्रो माटोको क्षमता पत्ता लाग्छ भने परीक्षण किन नगर्ने रु” चालू आर्थिक वर्षमा नगरपालिकाले रु दुई लाख ५० हजार माटो परीक्षणका लागि विनियोजन गरेको छ । यस वर्ष एक हजार नमूना परीक्षण गर्ने लक्ष्य रहेको कृषि प्राविधिक रवीन्द्र शर्माले जानकारी दिए।

“किसान आफैँले नमूना ल्याउछन्, नमूना सङ्कलन विधि हामीले सिकाइसकेका छौँ”, उनले भने, “प्रयोगशालाले अम्लियपन, नाइट्रोजन, फसफोरसलगायतका माटोमा हुने तत्वको खोजी गर्नेछ ।” माटोको सुधारका लागि कुनै तत्व उपलब्ध गराउनुपर्ने भएमा नगरपालिकाले निःशुल्क उपलब्ध गराउने कार्यक्रम बनाएको छ ।

“किसानले खेती गर्ने माटोको विषयमा जानकारी राख्नु जरुरी हुन्छ”, प्राविधिक शर्माले भने, “नगरपालिकाले किसानका लागि दिएको यो राम्रो अवसर हो ।” प्रत्येक वडाबाट १८ देखि २० जनासम्म किसानले नमूना सङ्कलन गर्ने विधि सिकेका छन् । उनीहरुकै सहायतामा परीक्षणका लागि नमूना सङ्कलन हुनेछ ।

“एकै वर्ष सबै जमिनको परीक्षण नसकिएला तर यो निरन्तर प्रक्रिया हो”, नगरप्रमुख पौडेलले भने “हाम्रो उत्पादकत्वको अवस्थाका विषयमा केही जानकारी अवस्य हुन्छ ।” लामो समय एकै किसिमका बाली लगाउने र माटोको अवस्था नबुझी खेती गर्दा उत्पादन कम हुने उनी बताउछन् । रासस

वि.सं.२०७७ मंसिर ५ शुक्रवार १४:०७ मा प्रकाशित

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

दमौली (तनहुँ) । यहाँका महिलाहरूका लागि अचार अब केवल खानासँग...