back
CTIZAN AD

सुदूरपश्चिमको प्रदेश प्रहरी अस्पतालमा ‘टेलिमेडिसिन’ सेवा शुरु

वि.सं.२०७७ मंसिर ५ शुक्रवार

723 

shares

५ मंसिर, काठमाडौं । बिरामीलाई उपचार तथा परामर्श दिनका लागि सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायलमा पहिलोपटक ‘टेलिमेडिसिन’ सेवा शुरु गरिएको छ ।

एकजना चिकित्सकसहित अन्य तीन जना स्वास्थ्यकर्मीको टोलीबाट ‘टेलिमेडिसिन’ सेवा शुरु गरिएको प्रदेश प्रहरी अस्पताल दिपायलले जनाएको छ ।

तोकिएका चिकित्सकले टेलिफोन, इमेल र एसएमएसलगायत अन्य सुविधा प्रयोग गरी विभिन्न रोगका बिरामीको उपचार गर्न तथा अन्य स्वास्थ्यकर्मीलाई सुझाव सल्लाह दिन सकिने भएकाले उक्त सेवा शुरु गरेको प्रदेश प्रहरी अस्पताल दिपायलका प्रमुख डा भीमबहादुर बुढाले बताउनुभयो । “टेलिमेडिसिन सेवाको एप्स जोडिएका सबै अस्पतालसँग हाम्रो सम्पर्क हुने तथा त्यहाँ रहेका विशेषज्ञ डाक्टरसँग हामीले बिरामीको उपचारका बारेमा जानकारी लिने तथा दिन सकिने भएकाले यो सेवा शुरु गरेका छौँ”, उनले भने, “यो सेवाको शुभारम्भ भएपछि बिरामीको उपचारमा निकै सहज हुनेछ ।”

देशभरिका टेलिमेडिसिन सेवाको एप्स जोडिएका अस्पतालमा रहेका चिकित्सकसँग रोगका बारेमा जानकारी लिन सकिने तथा आफ्नो अस्पतालमा भएका बिरामीको बारेमा जानकारी दिएर उपचार गर्न सकिने भएकाले यो सेवा निकै प्रभावकारी हुने देखिएको अस्पतालका स्वास्थ्यकर्मी तथा प्राविधिक प्रहरी नायब निरीक्षक खडकबहादुर भुत्यालले जानकारी दिए ।

प्रहरी अस्पतालमा ‘टेलिमेडिसिन’ सेवा शुरु भएकाले चिकित्सकले केन्द्रीय हब अस्पतालका चिकित्सकसँग सम्पर्क गरी बिरामीका बारेमा सल्लाह लिन सहज हुनेछ । यस अघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सेती प्रादेशिक अस्पताल धनगढीमा दुई जना चिकित्सक रहने गरी ‘टेलिमेडिसिन’ सेवा शुरु गरेको थियो । रासस

वि.सं.२०७७ मंसिर ५ शुक्रवार १४:३२ मा प्रकाशित

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

जनप्रतिनिधिसँग बालबालिकाका माग

जनप्रतिनिधिसँग बालबालिकाका माग

टीकापुर (कैलाली) । स्थानीय पालिकाका जनप्रतिनिधिसँग सबै बालबालिकाको गुणस्तरीय शिक्षामा...

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...