back
CTIZAN AD

सैनामैनामा निर्माणाधीन क्रिकेट रङ्गशालाको अवलोकन, बजेट अभाव हुन नदिने प्रतिबद्धता

वि.सं.२०७७ मंसिर ६ शनिवार

771 

shares

६ मङ्सिर, रुपन्देही । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेश सिलवालले रुपन्देहीको सैनामैनामा निर्माणाधीन क्रिकेट रङ्गशालाका लागि बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन् । नगरको वडा नं ७ स्थित लम्टैयामा निर्माणाधीन गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका आज अवलोकन गर्दै उनले केन्द्रिकृत योजनाअन्तर्गत सरकारले सातवटै प्रदेशमा प्रादेशिक रङ्गशाला निर्माण गर्ने योजना बनाएकाले बजेट अभाव नहुने बताए ।

रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) छिट्टै नै तयार गरिने बताउँदै उनँले पहिलो चरणमा यस वर्ष नै खेल्न योग्य मैदान बनाउनुपर्ने र अन्य काम विस्तारै हुनेमा जोड दिए । बहुवर्षीय योजनामा राखेर करिब पाँच वर्षभित्र सम्पूर्ण संरचना बन्ने गरी रङ्गशालाको काम गर्नुपर्नेमा उनको जोड छ । लुम्बिनी प्रदेश क्रिकेटमा समेत अगाडि रहेको उल्लेख गर्दै उनले जिल्लामा गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल, गौतम बुद्धको जन्मस्थल लुम्बिनी तथा स्तरीय होटल हुनाले खेलमा दर्शकको पनि राम्रो सहभागिता जुट्नेमा विश्वास व्यक्त गरे ।

अन्तरराष्ट्रिय खेल खेल्न एउटा मात्र मैदानले नपुग्ने भएकाले सैनामैनासहित तिलोत्तमा, देवदह, भैरहवासँगै कञ्चनमा समेत क्रिकेट रङ्गशालाकोे डिपिआर र अन्य काम अघि बढेको जानकारी गराए । क्रिकेट रङ्गशालाकोे डिपिआरबारे जानकारी लिँदै सिलवालले धुर्मुश सुन्तली फाउण्डेशनले चितवनमा निर्माण गरिरहेको क्रिकेट रङ्गशाला र यहाँ निर्माण हुन लागेको रङ्गशालाको नाम एउटै रहेकाले परिमार्जन गर्न नगरपालिकालाई सुझाए ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव सिलवालसहित लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य एवं नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकाल, नगरप्रमुख चित्रबहादुर कार्कीसहितको टोलीले सैनामैनामा निर्माणधीन क्रिकेट रङ्गशाला, कञ्चन गाउँपालिका–ं.२ मा रहेको झुँगापार क्रिकेट मैदान र वडा नं ४ मा रहेको क्रिकेट मैदानको अवलोकन गरेका थिए । करिब १५ बिघा क्षेत्रफलमा बन्न लागेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको डिपिआर नगरपालिकाले केही दिनअघि सार्वजनिक गरेको थियो । उक्त रङ्गशालाका लागि यस वर्ष रु एक करोडको लागतमा माटो कटिङ, तारबार र डिपिआर बनाइएको छ । करिब २३ हजार दर्शक अट्ने गरी उक्त रङ्गशालाकोे निर्माण सम्पन्न गर्न रु दुई अर्ब १९ करोड लाग्ने नगरपालिकाले जनाएको छ । रङ्गशाला पूर्वपश्चिम राजमार्गबाट दुई किलोमिटर दक्षिणतर्फ पर्छ । लुम्बिनीबाट करिब १२ किमी उत्तरतर्फ निर्माण हुन लागेको उक्त रङ्गशाला नेपालकै सबैभन्दा ठूलो ९० याडको रहेको सैनामैना नगरपालिकाले दाबी गरेको छ । (रासस)

वि.सं.२०७७ मंसिर ६ शनिवार ०८:२२ मा प्रकाशित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...