back

एउटा साहित्यकारको आँखामा चक्रबात

वि.सं.२०७३ पुस २७ बुधवार

465 

shares
NTC AD
Global IME AD

15894507_1363591260338512_3898498536336575538_n

कमजोरी बिहिन सायद ब्यक्ती हुदैन तर जो ब्यक्ती कमजोरीबाट पाठ सिक्छ र त्यसलाई पुन दोहोर्याउदैन त्यो नै सफल ब्यक्ती कहलाउछ । आशा गरौ धारावाहिक उपन्यासका क्षेत्रमा लेखकको यो सफलताले आगामी दिनमा अज सार्थकता पाउनेछ । केहि कमिकमजोरीका बाबजुत पनि उपन्यास उत्कृष्ट बनेको छ भन्नेमा शंका छैन । मलाई पुर्ण बिश्वास छ जसरी चक्रवातका तिनै भागहरु मैले अबिराम पढ्न बाध्य भएँ त्यसैगरी अबको चौंथो भाग पनि पढ्न पाइयोस र पुरै रात छर्लंग पार्न सकियोस । अन्तमा मेरो सुझाब लेखकलाई उपन्यास राम्रो बनेको छ र फेरीपनि राम्रो बन्नेछ तर चुपचाप बसेर पाठकमाझ उपन्यास कसरी पुग्न सक्ला । जबसम्म रचनाहरु पाठक माझ पुग्दैन तबसम्म यसलाई स्तरियताको कसी लगाउन सकिदैन । अहिलेको हाम्रो सामाजीक परिबेश भनेको बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल बिक्दैन भन्ने नै हो । यस अर्थमा उपन्यासलाई बढी भन्दा बढी पाठकहरुमाझ कसरी पुर्याउन सकिन्छ भन्ने तर्फ लेखकले ध्यान जाओस मेरो आग्रह छ ।

बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल बिक्दैन भनेझैं आजभोली साहित्य उत्कृष्टतामा भन्दा पनि बिज्ञापनमा बढी बिक्ने गरेको तितो यथार्थ हाम्रा सामु घाम झैं छर्लंग छ । सामान्य मुक्तक, गजल या कबिता संग्रह नै किन नहोस आजभोली निकै तामझाम सहित झ्याली पिटेरै बिमोचन गरिन्छ त्यो पनि आस्थाका आधारमा राजनैतीक उच्च नेतृत्वलाई अगाडी उभ्याएर । झनै आख्यान क्षेत्रको त कुरा नै बेग्लै छ बिमोचन भन्दा पॉच छ महिना अगिदेखी नै स्थापीत मेडिया मार्फत बिज्ञापन नै बजाइन्छ । मलाई थाहा छैन त्यो लेखकको रहर , बाध्यता,सौख या व्यबसाय के हो रु तर पनि मलाई लाग्दैन ति सबै श्रृजनाहरु उत्कृष्ट थिए र तिनलाई पाठकले रुचाए भलै ति संख्यात्मक हिसाबमा केहि प्रति बढी बिक्री भए पनि होलान् । बिज्ञापन हेरेर या सुनेर किताब किन्ने मध्येको स्वयं म एक पाठक जसलाई कैयौपटक लागेको छ सॉच्चै म ठगिएछु भन्ने । कतिपय लेखकहरु यस्तापनि भेटिए जो पब्लीसरबाट रोयल्टी हैन आफ्नो पब्लीसिटीका लागी स्थापीत पब्लीसरलाई रोयल्टी बुझाउछन् । अनि कसरी बन्छ उत्कृष्टतामा साहित्य रु अर्को रमाईलो पक्ष के भने नाम कहलिएका पब्लीसरहरु एक खालको मनोबैज्ञानीक सेन्डीकेट लाद्न सफल छन् कि साहित्यको उत्कृष्टता भन्दा पनि पब्लीसरका नामले बिक्छ साहित्य । हुन त यसमा हामी आम पाठकहरुकै कमजोरी छ नचाहँदा नचाहँदैपनि किताब किन्नु अगि हाम्रा ऑखा पब्लीसरमा नै पर्ने गर्छन् ।

आदरणीय दाजु दिपकिरण शर्मासँग चिनजान र मित्रता हुँदा हुँदै पनि उहॉद्वारा लिखीत उपन्यास चक्रवातमा खासै ध्यान गएको थिएन या अज भनौ मन गएको थिएन । यसको पहिलो कारण त बजारमा यसका बारेमा खासै चर्चा,परिचर्चा र बहस देखिदैनथ्यो । न कुनै बिज्ञापन थियो न त कुनै स्थापीत नाम चलेको पब्लीसरले नै यो किताब छापेको थियो । आभा ग्रुप न पहिले कहिल्यै नाम सुनेको थिएँ न यसका बारेमा पढेको नै थिएँ । लेखक स्वयं सँगको प्रतक्ष भेटघाट र कुराकानीमा पनि कहिल्यै किताबका बारेमा कुराकानी भएन । उहॉलाई राम्रोसँग थाहा थियो कि म किताब किनेरै पढ्ने मान्छे हो तर अहँ उहॉले कहिल्यै पनि मलाई किताब पढ्यौ भनेर सोध्नुभएन । मैले पनि कुनै दिन यस बिषयमा चासो प्रकट गरीन । हुन त मेरो नजरमा चक्रवात खासै पढ्न लायक किताब होला भन्ने नै थिएन तर एउटा लेखक आफ्नै कृतिका बारेमा कसरी मौन बस्न सक्छ भन्नोमा चॉही म निकै उद्धेलित थिएँ । यस बिचमा बिभीन्न पुस्तक प्रदर्शनिहरु भए र मैले थुप्रै किताबहरु ल्याएर पढेपनि तर अहँ मलाई चक्रवातले खासै आकर्षीत गर्न सकेन । चक्रवातले धारावाहिक रुप पनि धारण गरिसकेछ लगातार दोस्रो र तेस्रो भाग चक्रवातकै नाउँमा पुस्तक बिमोचन हुँदासम्म र लेखकसँको भावानात्मक संबन्ध अज गहिरिएर जॉदा पनि उपन्यासका बारेमा कुनै बहस भएन । तेस्रो भाग पनि बजारमा आइसकेपछि म आफैले यसका बिषयमा चासो प्रकट गर्न थाले तर लेखकको सहज प्रतिकृया आउथ्यो बजारमा किताब पाइन्छ किन्ने अनि पढ्ने थाहा भैहाल्छ । म अवाक थिएँ यत्रो धारावाहिक उपन्यास लेख्ने लेखकको यस्तो प्रतिकृयावाट । हुन त उहॉसँगको संगत र उठबसले उहॉ देख्दा घमण्डी,रुखो र जटिल जस्तो देखिएपनि वास्तबिकतामा उहॉ एकदमै मिलनसार, खरो स्वभाव र सरल ब्यक्तित्व हुनुहुन्थ्यो भन्ने कुराको राम्रो ठम्याई आइसकेको थियो म मा । एउटा लेखकको आफ्नो किताबको प्रचार प्रसारमा यो हदसम्मको बेवास्ता र निरन्तर थपिदै गएका धारावाहिक अंकहरुले मलाई बिस्तारै चक्रवातका बारेमा केहि जान्ने हुटहुटी बढेर गयो ।

लेखक सॉच्चै मलाई बोलाउन चाहनुहुन्थ्यो या एउटा औपचारीकता मात्रै निभाउन चाहनुहुन्थ्यो थाहा भएन तर पछिल्लो पटक चक्रवात १,२ र ३ का लागी पब्लीसर आभा ग्रुप ले आयोजना गरेको एउटा अन्तरकृया कार्यक्रममा उहॉले मलाई निम्ता दिनुभयो । त्रिचन्द्र कलेजमा राखिएको उक्त कार्यक्रम पक्कै भब्य होला भन्ने लागेकोले म तोकिएको समयको आसपास नै कार्यक्रम स्थल पुगेको थिएँ । अचम्म त के भने त्यतिबेलासम्म न त्यहॉ कुनै कार्यक्रमको छनक देखिन्थ्यो न कुनै मान्छे । मलाई लाग्यो म झुक्कीए सायद, तुरुन्तै दिप दाजुलाई फोन गरें १२ नं कोठा हो बस्दै गर्नुस म आइपुग्न लागे उहॉको जवाफ थियो । मध्यान्ह एक बजेका लागी भनिएको कार्यक्रममा दुइ बजिसक्दासम्म न त्यहॉ आयोजक थिए, न लेखक र न पाठकनै । एक मन त फर्किहालौ भन्ने पनि लाग्यो तर एकपटक तोकिएको कोठा नं १२ मा हेर्न मन भयो । भित्र केहि मानीस देखेपछि लाग्यो केहि कारणले कार्यक्रम ढिलो भयो होला तर उपस्थिती बाक्लै रहेछ । ढोका खोलेर भित्र चिहाएको मात्र के थिएँ म झन् रनभुल्लमा परें । शिव बुटीको धुँवाले भरिएको थियो कोठा र शिबभक्तहरु लिन थिए बुटी सेबनमा । के यहि हो त कार्यक्रम स्थल रु म लगभग फर्कने सोचमा तल झर्दै थिएँ दाजुको फोन आयो कहॉ हुनुहुन्छ म गेटमा आइपुगे भन्दै । मलाई एक मन त भनिदिउँ झैं लाग्यो दाजु म कैलास पर्बतमा छु तर सम्हाले आफुलाइ । दाजुसँगको भेटपछि उहॉले एकजना फुच्ची बैनीतर्फ इसारा गर्दै भन्नुभयो उहॉ नै हो मेरो उपन्यासको पब्लीसर । एउटा झोलामा केहि थान किताब बोकेकी हँसीली नानीले नमस्कार गरिन् सोचें पब्लीसर नै यति हँसीली रैछिन् कार्यक्रम भब्य त हुने नै भयो । शिबभक्तहरुलाई बाहिर निकालेर शिब बुटीको सुगन्धमा गरिएको अतिथिको पर्खाइ पनि रोमांचक नै रह्यो त्यसदिन । करीब आधा घण्टाको पर्खाई पश्चात नगण्य उपस्थितीमा कार्यक्रम सुरु भयो । मैले सोचेको भब्य कार्यक्रमको त्यो अबस्था र पब्लीसरको आलाकॉचोपन देखेर केहि बोलौ कि भन्ने पनि लाग्यो तर चुपचाप सुनिरहें लेखकका, पब्लीसरका र अतिथीका कुरा । कार्यक्रम सकियो अनि फर्कदै गर्दा लाग्यो हैन किताब त पढिदिउँ एकपटक दाजुले के सोच्लान् फेरी । फर्किएर तिनै भाग चक्रवात लिएँ र हतार हतार तल झरे जिन्दगीमा ब्यर्थको कार्यक्रममा समय खेर फालेको एउटा तितो अनुभव सँगालेर । प्राय किताब किनेर ल्याइसकेपछि कतिखेर पढौ भन्ने उत्सुकता जागेर ऑउछ ममा । त्यसदिन खासै त्यस्तो भएन बेलुकाको खानापछि हामी छलफलमा रह्यौ दिउसोको त्यो कार्यक्रमका बारेमा । कुनै पनि किताब,स माचार या महत्वपुर्ण बिषयबस्तु हामी सामुहिक बाचन र सामुहिक श्रवण गर्ने गर्दछौ । त्यसदिन मन नलागी नलागी मैले चक्रवात एक पढ्न शुरु गरें उनि साथमा बसेर श्रबण गरिन् ।

किताब पढ्दै जॉदा हामी यसरी हराएछौं कि बिहानको चार बजेको समेत हामीलाई पत्तै भएन । मेरो जिवनमा मैले कुनै पनि किताब यसरी पढेको थिइन जसले पुरै रात छर्लंग बनाओस् । अगिल्लो दिन लेखकका र अतिथीका कुरा सुन्दा हाम्रै जिवनका बिभीन्न क्षेत्रमा रहेका ब्यथितीमाथीको प्रहार हो ुचक्रवातु भन्ने बुझेको थिएँ जहॉ आदर्श प्रेमका कुरा चटपटे मसलाका रुपमा प्रयोग गरिएको छ । तर किताब पढिसकेपछि लाग्यो एउटा जिबन्त प्रेम कथाको रोमांचक प्रस्तुती रहेछ ुचक्रवातु जहॉ जिबनका कहालीलाग्दा चक्रवातहरु नाटकिय ढंगवाट एकपछि अर्को गरि घटिरहे छन् । भलै लेखकले उपन्यासमा नेपाली राजनिती, सामाजीक बिकृती सँगसँगै प्रशासनिक बिसंगतीमाथीको प्रहारलाई केन्द्रबिन्दुमा राख्न खोजेकाछन् तर उपन्यासका प्रमुख पात्र बिनय र आरतीबिचको प्रेम,त्याग र समर्पणले नै उपन्यासलाई केन्द्रित गरेको छ जसलाई लेखकले आदर्श प्रेमको उपमा दिएका छन् । मलाई थाहा छैन लेखक स्वयं प्रेमका बारेमा कति जानकार छन् तर म यत्ति भन्न सक्छु लेखकले आफुमा रहेको सामाजीक चेतनाभावलाई आख्यानीकरण गर्ने शिलशिलामा प्रेमभावलाई यति गहिरोसँग घोलिदिएका छन् कि चाहेरपनि यसलाई कसैले अलग गर्न सक्दैन । त्यसैले म भन्छु यो एउटा प्रेमरसले भरिएको सामाजीक उपन्यास हो जसलाई सबै तह,तप्का या बर्गका पाठकले आफ्नो रुचाईमा पार्न सक्दछन् । हाम्रो देशको भौगोलीक बिकटता अनि त्यहॉको प्राकृतिक सुन्दरता सँगसँगै त्यस क्षेत्रको सामाजीक जटिलतालाई बडो कलात्मक ढंगवाट प्रस्तुत गरेका छन् लेखकले उपन्यासमा । बिभीन्न गैर सरकारी संस्थाहरुका बिकासे कार्यक्रम र त्यसको नकारात्मक प्रभावका बारेमा तिखो बाण हान्न सफल चक्रवात ले त्यहि बिकासे कार्यक्रमलाई ईमान्दारीता, लगनशिलता र जिम्मेवारीबोधका साथ अगि बढाउने हो भने समाजको रुपरेखा नै बदल्न सकिन्छ भन्ने संदेश पनि दिएको छ । उपन्यासको शुरु देखि अन्तसम्म नै पाठकहरुलाई रहश्यको चक्रब्यूहमा राख्न सफल छन् लेखक जसले उनिहरुलाई यति धेरै उद्धेलित बनाउछ कि चाहेर पनि कोहि उपन्यास अधुरो छोड्न सक्दैन । चक्रवातका तिन वटै भागहरुमा फरक फरक सामाजीक परिबेशहरुको चित्रण गरिएतापनि पाठकले उपन्यासका हरेक पानाहरुमा खोज्ने बिनय र आरतिलाई नै हो ।

जिबन, दर्शन, राजनिती, सामाजीक उत्तरदायीत्व सँगै प्रेम, त्याग र समर्पणले पुर्णतया श्रृंगारिएको छ चक्रवात । यहि श्रृंगारिकतासँगै लठ्ठिएका पाठकलाई कहि कतै पेट मिची मिची हसाउनु त कतै घिक्का छोडी छोडी रुवाउनु लेखकको अद्धितिय कला हो ,सायद यो बिरलै लेखकहरुमा भेटिन्छ । चक्रवातका हरेक भागहरुमा उनले यसरी बिट मारेका छन् कि जसले पाठकलाई न त उपन्यास अधुरो भयो भन्ने लाग्छ न त उपन्यास अब सकियो भन्ने नै लाग्छ । पहिलो भागमा बिनय र आरतीको मिलन भन्दा पहिले नै बिट मारेर पाठकलाई उद्धेलित बनाएका लेखकले दोस्रो भागमा उनिहरु बिचको संबन्धमा दरार खडा गरि प्रमुख पात्र बिनयलाई लै गायब गराएपछी झनै अब के हुन्छ भन्ने छट्पटीले तेस्रो भागको प्रतिक्षा गराउछ। तेस्रो भागमा पाठकले सोच्दै नसोचेको त्याग, समर्पणसँगै सम्झौताको कसीमा लगेर उपन्यासलाई बिट मार्छन् लेखक तर चलाखीपुर्ण तबरले बैशाख १२ को अकल्पनिय भुकम्पलाई जोडेर चौंथो भागको प्रतिक्षामा बस्न फेरी विबस तुल्याउछन् उनि । प्रेम, त्याग, समर्पण र सम्झौता समाजमा ब्याप्त बिकृती ,बिसंगती र कुरितीको चक्रब्यूहमा एकपछि अर्को गरी जेलिदै जॉदा चक्रबातले धारावाहिक रुप ग्रहण गरि रहेको छ । न प्रेममा उश्रृंखलता छ न कुनै छाडा शब्दहरुले स्थान पाएको छ, भाषागत स्पष्टता र प्रस्तुती सरलताले झनै उपन्यास अब्बल देखिएको छ । चक्रवातको पहिलो र दोस्रो भाग जति उत्कृष्ट छ त्यति उत्कृष्टता तेस्रो भागमा अलि नदेखिएको हो कि भन्ने मैले महशुस गरेको यथार्थता हो । त्यसो त दोस्रो भागमा पनि केहि कमिकमजोरी नरहेका हैनन् । अनुपमा र उसका बुवा तराई जानेक्रममा सौराहामा दुइ दिन बस्छन् र तेस्रो दिन तराइका लागी निस्कन्छन् निस्कदा पहिला नारायणगढ अनि हेटौडा र त्यसपछि कावासोती पुगेको कुरा लेखक उल्लेख गर्छन् । यहॉनेर लेखक तराइ जाने बाटोबारे जानकार नभएको हो या अलमलमा परेको हो बुझ्न सकिएन । यदि पुर्वी तराई जाने हो भने सौराहाबाट हेटौडा हुँदै जानुपर्ने हुन्छ र यदि पश्चिम तराई जाने हो भने सौराहाबाट नारायणगढ अनि कावासोती हुदै जानुपर्ने हुन्छ । लेखकको यो कमजोरीलाई सानो मान्न सकिएला तर यस्ता कमजोरीहरुले पार्ने दिर्घकालीन असरका बारेमा लेखक स्वयं सतर्क रहन जरुरी छ । पहिलो र दोस्रो भागमा लेखकको कलमले कहिं न कहिं उनले जिवनमा भोगेका, देखेका या महशुस गरेका कुराहरुलाई नै उपन्यासमा उतार्यो भन्ने कुराको आभास दिन्छ । तर कता कता तेस्रो भागमा उनको कलमले अलि बढी हतार गर्यो, काल्पनिकताको सहारा लियो र अझ भनौ लेख्नैपर्ने बाध्यताको मतियार बन्यो कि झैं लाग्छ । हुन त यो मेरो ब्यक्तीगत बुझाइ हो तर पनि मलाई लाग्छ कल्पनमा लेखिने कथा भन्दा यथार्थतामा लेखिने कथा जिबन्त हुने गर्छन् । त्यसो त लेखकहरुमा काल्पनिकतालाई पनि बास्तबिकताको छनक दिने खुबि हुन्छ रे १ तर यहॉ प्रिय लेखक त्यसमा पनि चुकेका हुन् कि भन्ने लाग्छ । पहिलो र दोस्रो भागको बिट माराइले पछि आउने भाग अज रोचक र स्तरिय बन्नेछ भन्ने पुर्वानुमान गर्न सकिन्छ तर तेस्रो भागको बिट माराइ अलि भिन्न देखीन्छ जसले अब आउने भागको स्तरियतामाथी प्रश्न उठाउछ । उपन्यासका प्रमुख पात्रहरु बिचको रोमांचक प्रेम कथालाई तेस्रो भागको अन्ततिर अलि फितलो रुपमा प्रस्तुत गरेको देखीन्छ । एकातिर कि मृत्यु कि आरती भन्ने बिनयले रश्मीलाई सहज अँगालेको छ भने अर्कोतिर आफ्नो जिवनलाई नरकिय अबस्थामा पुर्याउने र पटक पटक श्रिमानकै रुपमा बलत्कार गर्ने बिशालको सामान्य प्रायश्चीतमा नै आरतिले पुन स्विकारेकी छ जुन स्वभाबिक देखिदैन । अब आउने भाग चारले पक्कै पनि बिनासकारी भुकम्पले निम्त्याएका चक्रबातहरुको फेहरिस्त पस्कने छ भन्नेमा शंका छैन तर अबको भागमा लेखकले बिनय र आरतिको प्रेमलाई कुन रुपमा प्रस्तुत गर्लान् त्यो भने प्रतिक्षाको बिषय बनेको छ ।

कमजोरी बिहिन सायद ब्यक्ती हुदैन तर जो ब्यक्ती कमजोरीबाट पाठ सिक्छ र त्यसलाई पुन दोहोर्याउदैन त्यो नै सफल ब्यक्ती कहलाउछ । आशा गरौ धारावाहिक उपन्यासका क्षेत्रमा लेखकको यो सफलताले आगामी दिनमा अज सार्थकता पाउनेछ । केहि कमिकमजोरीका बाबजुत पनि उपन्यास उत्कृष्ट बनेको छ भन्नेमा शंका छैन । मलाई पुर्ण बिश्वास छ जसरी चक्रवातका तिनै भागहरु मैले अबिराम पढ्न बाध्य भएँ त्यसैगरी अबको चौंथो भाग पनि पढ्न पाइयोस र पुरै रात छर्लंग पार्न सकियोस । अन्तमा मेरो सुझाब लेखकलाई उपन्यास राम्रो बनेको छ र फेरीपनि राम्रो बन्नेछ तर चुपचाप बसेर पाठकमाझ उपन्यास कसरी पुग्न सक्ला । जबसम्म रचनाहरु पाठक माझ पुग्दैन तबसम्म यसलाई स्तरियताको कसी लगाउन सकिदैन । अहिलेको हाम्रो सामाजीक परिबेश भनेको बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल बिक्दैन भन्ने नै हो । यस अर्थमा उपन्यासलाई बढी भन्दा बढी पाठकहरुमाझ कसरी पुर्याउन सकिन्छ भन्ने तर्फ लेखकले ध्यान जाओस मेरो आग्रह छ ।

वि.सं.२०७३ पुस २७ बुधवार ११:०० मा प्रकाशित

NLIC AD
NABIL bank AD
नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

काठमाडौँ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकिकृत समाजवादीका दीर्घ सोडारीले...

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपपरिषद् विस्तार गरेका...

कांग्रेस सभापति देउवा र नेकपा एसका अध्यक्षबीच भेट, बन्लान् त सोडारी मुख्यमन्त्री ?

कांग्रेस सभापति देउवा र नेकपा एसका अध्यक्षबीच भेट, बन्लान् त सोडारी मुख्यमन्त्री ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा समाजवादी...

सल्यान बस दुर्घटना अपडेटः गम्भीर घाइते भएका विकको मृत्यु

सल्यान बस दुर्घटना अपडेटः गम्भीर घाइते भएका विकको मृत्यु

दाङ । सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका...