back
CTIZAN AD

उदयराज गौतम भन्छन् – ‘लिमेली ढमाङ्, पैयुँको विकाससँग जोडिएकी अमर प्रतिभा हुन्’

वि.सं.२०७७ मंसिर ८ सोमवार

1.5K 

shares

 ल ल लिमेली भाउजुलाई तिर्खा लाएको होला, दही झिक् भनेर बाले आमालाई आदेश दिएको हिजोनै होकी जस्तो सम्झना आई रहन्छ।

८ मंसिर । ९३ वर्षमा निधन भएकी स्व. चन्द्रकुमारीबाट आफ्नो पुस्ताले पनि सिक्नु पर्ने कुरा धेरै छन् भन्दै पर्वतको पैयुँ क्षेत्रका सामाजिक व्यक्तित्व (हाल डेनमार्क) उदयराज गौतमले उनको स्मरण र योगदान बारे चर्चा गरेका छन् ।

सञ्जालमार्फत उनले भनेका छन्  :

अस्लेली हटियाकी सान, रहिनन् लिमेली ढमाङ् :
हिजो बेलुकी डम्बर प्रधान (झिल्कु काका) को मुखबाट अप्रिय खबर सुनें। साहु हरि प्रसाद श्रेष्ठकी कान्छी श्रीमती,अर्थात पर्वत जिल्लाको शैक्षिक इतिहांसका केन्द्र बिन्दु, हाम्रा आदरणीय गुरु तीलक प्रसाद श्रेष्ठ र मखमली श्रेष्ठकी आमा। एउटा इतिहाँस र हाम्रो छिमेक हटियाको धरोहर लिमेली ढमाङ् अब यो धरतीमा रहनु भएन भन्ने खबर थियो त्यो। । बाल्यकाल देखी दिनमा दर्जनौं पटक भेटघाट भई रहने, बोलचाल भई रहने जोकोही संग पनि एक खालको निकटता हुन्छ। भावनात्मक सम्बन्ध हुन्छ। यस्तो भावनात्मक सम्बन्ध भनेको अरु कसैले बनाइ दिएर बन्ने सम्बन्ध होइन। यो आँफै बन्छ। हो,लिमेली ढमाङ्ग (ठुलीआमा) संगको भावनाको डोरी पनि त्यसरी नै बन्यो। हाम्रो घर परिवार र बिशेष गरि बा संगको नजिकको सम्बन्धले पनि हामीलाई नजिक बनाएको थियो। प्राय: उहाँ हाम्रो घरमा आईरहनु हुन्थ्यो। । उहाँको हाम्रा बा प्रति ठुलो विश्वाश थियो। झारफुक गर्न, धार्मिक कार्य गर्न, आर्थिक ब्यबहारमा सर सल्लाह गर्न, कुनै नयाँ कार्यको थालनी गर्दा साइत जुराउन, खेतीपाती, सिंचाई कुलो मर्मत, न्वाइ दाइं गर्न, ऋण धन ब्याज बट्टो आदिमा राम्रो सहकार्य हुन्थ्यो। हाम्रो घरमा आउने बित्तिकै दहीमा पानी मिसाएर पिउन पाउने केहि थोरै व्यक्तिहरुमा ढमाङ् पनि एउटा थिईन्। ल ल लिमेली भाउजुलाई तिर्खा लाएको होला, दही झिक् भनेर बाले आमालाई आदेश दिएको हिजोनै होकी जस्तो सम्झना आई रहन्छ। हली, खेताला, ज्याला मजदुरी गर्नेहरु र अलि परकाले साहुनी, गाउँमा नातो सम्बन्ध र उमेर अनुसार कसैले ढमाङ्,कसैले अजी, तराजु भनेर सम्बोधन गर्थे भने सबै संग मिठो बोल्ने मृदुभाषी, हंशमुख लिमेली ढमाङ्को कुनै समय गाउँमा छुट्टै शान, मान र प्रतिष्ठा थियो। पातलो अग्लो र बलियो शरीर भएकोले हुलभित्ताको खरबारीबाट ठूलो खाङ्ग्रे डोकामा घाँस, त्यसमाथी अझ ठूलो घाँसको मूठो बोकेर हरेक बिहान आठ नबज्दै घर आई पुग्ने उहाँको बानी र क्षमताको घर घरमा चर्चा हुन्थ्यो हटियामा। हाम्रो घर नजिकै उहाँको खेतबारी थियो भने घाँस काट्ने खरबारी पनि संगै थियो। त्यसैले पनि उहाँका दैनिक गतिबिधि सहकार्य संग हामी परिचित थियौं।

श्रीमानलाई धेरै वर्ष पहिला असामयिक रुपमा गुमाई सके पछि पनि प्रसस्त खेतबारी जायजेथा तथा लेनदेनको सम्पुर्ण अविभारा बहन गर्न सक्ने र आफ्नो परिवारमा आदेश निर्देश गरि परिचालन गर्न सक्ने नेतृत्व क्षमता भएकी ढमाङ्ले लामो आयु बाँच्नु भयो, ९३ बर्ष।

घरमा काम गर्ने अरु मान्छेहरुको कमि थिएन। मैले जान्दा उहाँको गोठमा ४/५ वटा भैंसी, २ हल गोरु लगायतका बस्तुभाउ थिए। शुक्रबार स्कुलमा लिपपोत हुन्थ्यो। आफ्नो कक्षा कोठा लिप्नु पर्थ्यो। हामीलाई गोबर चोर्नु पर्ने हुन्थ्यो। त्यसो गर्न ढमाङ्को आँखा छल्नु पर्थ्यो। एक दुइ जनाले रेकी गर्ने र अरुले गोबर चोर्ने काममा प्राय:हामी सफल हुन्थौं। हाम्रो भैंसी गोठमा शुक्रबार भने आमाले मल्खादमै बसेर २ घण्टा बिताउनु हुन्थ्यो। स्कुलको नजिक घर हुनुका केहि बेफाइदा मध्ये गोबर चोरी हुनु एक प्रमुक समस्या थियो। अर्को बेफाइदा पनि थियो त्यति बेला। ४ बजे पछि भलिबल खेल्नु पर्ने हुन्थ्यो। ४ बजेर ५ मिनट जाँदा घर पुग्न सकिएन भने आमाले बाँसको भाटो लिएर टुप्लुक्क स्कुलको ग्राउण्डमै पुग्नेर दायाँ बायाँ नहेरी सुम्ल्याउने हुँदा खेल्दा निकै चनाखो हुनु पर्थ्यो। २/४ पटक मैले पनि सुम्लो खाएको छु। सायद भाइहरुले पनि खाए १ एक पटक बहिनी कमलालाई कान्छी आमाले सुम्लो हान्न स्कुल तिर जाँदै गर्दा मैले खोसेर फ़ाल्दिएको घटनामा कान्छाबाले मलाई स्याबासी दिएको घटना भने अर्कै हो। स्कुल नजिक हुँदा बेफ़ाइदै भए पनि गाउँमा शिक्षाको ज्योति बाल्न स्व. ढम्बुवा साहु हरि प्रसादको भूमिकालाई नजिकबाट सघाउने उहाँकी जीवन संगिनीको जिम्मेवारीपूर्ण भूमिकालाई पनि यो दुखद घडीमा म स्मरण गर्न चाहन्छु।

अड्डाबाट आएका हाकिमहरुलाई उहाँले सयौं पटक मिष्ठान्न पकाएर ख्वाउनु भए होला। सयौं कुखुराका भालेहरुले अकाल मृत्युबरण गरे होलान यो छुट्टै स्मरणको पाटो हो। अहिले जस्तो केहि काम गर्न गराउन हाकिमहरुलाई नोठको बिटो चढाउन पर्ने चलन त्यतिबेला थिएन। गाउँको भद्र भलाद्मी इनेगीनेको मान्छेको घर ठेगान सोद्धै आउंथे उनीहरु। कोहि घोडा चढ्दै आउंथे। कोहि सहयोगीलाई झोला बोकाएरै रातशाँझ टुप्लुक्क आई पुग्थे। कोदाको स्थानिय ब्राण्डको रसपान र कुखुराको मासुनै काफी हुन्थ्यो। केन्द्रबाट ठुलै लेवलको कोहि आयो भने बाजा बजाउने र नृत्य प्रदर्शन गर्ने आम चलन थियो। बिकास निर्माण देखि स्कुल बनाउन ,स्विकिर्ती लिन ठुलै पापड बेल्नु पर्थ्यो। अड्डाका हाकिमहरुलाई रिझाउन उनिहरुको सम्मान गर्नु पर्ने एउटा बेग्लै बाद्यता थियो होला भनेर अहिले अनुमान गर्न सकिन्थ्यो। समाज बन्द थियो। शिक्षा बिरलै थियो। चेतना कुन कुनामा लुकेको थियो त्यो आफ्नै ठाउँमा थियो। श्रीमानलाई धेरै वर्ष पहिला असामयिक रुपमा गुमाई सके पछि पनि प्रसस्त खेतबारी जायजेथा तथा लेनदेनको सम्पुर्ण अविभारा बहन गर्न सक्ने र आफ्नो परिवारमा आदेश निर्देश गरि परिचालन गर्न सक्ने नेतृत्व क्षमता भएकी ढमाङ्ले लामो आयु बाँच्नु भयो, ९३ बर्ष। पछिल्लो पटक २ वर्ष पहिला उहालाई भेट्दा भने अलि बिर्सने समस्याले सताएको रहेछ। कान कम सुन्नु भयो। कति बस्छौ ?  भनेर सोध्नु भयो। खेतीपाती, घाँस दाउरा र बस्तुभाउमा जीवन बिताए पनि श्रम, उत्पादन, मिहिनेत तथा परिवारको नेतृत्व गर्ने असाधारण खुबी भएकी ढमाङ् चन्द्र कुमारीबाट आउने पुस्ताले पनि प्रेरणा लिन सक्ने धेरै कुराहरु छन्। उहाँ प्रति हार्दिक श्रद्धा सुमन प्रकट गर्दै मृतात्माको चिर शान्तिको कामना गर्दछु, साथै यस दुखद घटनाबाट प्रत्यक्ष शोकमा डुबेको तिलक सरको सम्पुर्ण परिवार नातिनातिना सबैमा दुख सहन सक्ने शक्ति मिलोस भनि समबेदना प्रकट गर्दछु।

 

वि.सं.२०७७ मंसिर ८ सोमवार ०८:३८ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...