back
CTIZAN AD

नेपालको परराष्ट्र र भारतको विदेश मन्त्रालयको साईटमा मिनेट फरक नपारी एउटै प्रेस रिलिज

वि.सं.२०७७ मंसिर ८ सोमवार

798 

shares

काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाको नेपाल भ्रमणबारे नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले मिनेट पनि फरक नपारी प्रेस व्यक्तव्य जारी गरेका छन् । नेपालको परराष्ट्र र भारतको विदेश मन्त्रालयले सोमबार दिउसो एकै समयमा प्रेस व्यक्तव्य जारी गरेका हुन् ।

नेपाली समयअनुसार २ः२० मा दुवै मन्त्रालयले सँगै प्रेस रिलिज जारी गरेका थिए ।

नेपालको परराष्ट्र र भारतको विदेश मन्त्रालयबीच समन्वय भएसँगै भ्रमणको कार्यतालिका बन्ने गर्दछ । तर, प्रेस व्यक्तव्य भने आ–आफ्नो अनुकुलमा आ–आफ्नो समय सार्वजनिक हुने चलन छ ।

भारतीय विदेश सचिव श्रृंगलाको भ्रमणबारेको प्रेस व्यक्तव्य भने अनौठो गरि एकै समय सार्वजनिक भएको छ ।

गत भदौ पहिलो साता भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आएका थिए । जयशंकरको भ्रमणको निरन्तरता स्वरुप नै श्रृंगला नेपाल आउन लागेका हुन् ।

नेपाल–भारतबीचको सीमा विवादबारेको छलफल र अन्य महत्वपूर्णं राजनीतिक भेटघाटका लागि उनी नेपाल आउन लागेका हुन् । श्रृंगलाको नेपाल भ्रमण विदेश सचिव भएसँगैको पहिलो हो ।

नेपालकाे परराष्ट्र मन्त्रालय

भारतकाे विदेश मन्त्रालय

वि.सं.२०७७ मंसिर ८ सोमवार १६:१३ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...