Logo
१५ जेष्ठ २०७९, आईतवार
     Sun May 29 2022
E-paper
  English Edition
   Unicode
Logo

यस्तो दयालाग्दो अवस्था कसरी बन्यो, हे प्रचण्ड ?



ठूलाठूला दर्शन र आदर्शको अपुरो र झ्यालि भाषण गर्ने दल भित्रको चन्डाल र लम्पसारवादिहरुको डम्फालाई नेता र राजनीतिज्ञ भनेर बुझ्ने ढोंगी परम्परालाई जिवन्तता दिईरहनु ।

हे प्रचन्ड प्रतापि….
हामीले स्थापित गर्न चाहेको नेतृत्व कहाँ च्युक्यो ? कता झुक्यो ? संसारभर क्रान्ति र शान्तिको प्रतिकको रुपमा हाई–हाई हुनुपर्ने व्यक्ति र संस्था आज किन हेपियको छ ? किन चेपिएको छ ? आफ्नै छाँया देख्दा पनि डरउन थालेजस्तो निरहि भईरहेको छ ? २०३६ पछि जानि नजानि धेरे उर्जावान समयहरु उपयोग भएको संस्था र त्यस्ले तयार गरेको नेतृत्वप्रति सहि र गलत भन्न अनकनाउन थालियो भने ईतिहास र भविस्यप्रति ईमान्दारिता गरिएको ठहरिदैन पनि । यसमा गणतान्त्रिका आन्दोलनको सबैभन्दा जोखिम साहशिलो र त्यागपुर्ण हिस्साको नेतृत्व गर्नुभएका प्रचन्डको कमजोर पक्षको बारेमा नै चर्चा गरिएको छ भलै उहां पछिल्ला १२ वर्ष र अझ गत चुनाव पछि बनेको शक्तिशालि दलको धमकदार नेताको सट्टा पुष्पकमल दाहाल मात्र बनिरहनु भएको छ र त्यसलाई टिकाउन पनि एक समझदार नेता माधव नेपालको unconditional सहयोगले मात्र संभव बनाएको देखिन्छ ।

यस्तो दयालाग्दो अवस्था कसरी बन्यो त  ?
१) एक नंबर अध्यक्ष भनिएकालाई स्थापित गर्न योजनावद्द सबै भन्दा नजिकका पात्रहरुमार्फत सुरुभएको प्रसंशा, उपलब्ध गराउने गरिको स्रोत र जिब्रोको मिठासमा फसेको थाहा नपाएको, दुईका विच एकता गर्दा नै एक जना पार्टि प्रमुख र अर्को सरकार प्रमुख हुनु पर्ने सामान्य परम्परा पनि हेक्का नगरेको तथा दुई नम्बर पद जति ठुलो भनिए पनि त्यो आफैंमा मात्र एक सेरेमोनिएल पद हुन्छ भन्ने सामान्य परमपराको पनि ख्याल नगरिएको ।

२) हेडक्वार्टर सुरक्षा र सञ्चारको संवेदनशिलताको कारण स्वर्गिय प्रकाश सहितको सचिवालय हुँदा जेनतेन स्वीकार्य थियो तर परिवारबाट घेरिनेहुदा स्वाभिमानी/सहयोगिहरु त्यतिबेला पनि खुस थिएननै। तर हाल निजि सचिवालयमा रहेको छोरी गंगा सहितको टिम आफैंमा लज्जास्पद र अपमानजक छ भनिन्छ । हालै प्रयोग भएका केन्द्रिय समितिहरु पनि “सडक छाप” संभवत त्यसै प्रसंगसँग संबन्धित हुनु पर्दछ । केन्द्रिय सदस्य पद सहितका जोग ब. महरा (निजि सचिवालय) विशेष भेट र मिटिगंहरुमा जाँदा सेक्युरीटि टिमसँग रहने तर राजनीतिक हैसियत धेरै कम रहेको छोरी (सचिवालय)सबै भेटहरुमा महत्वपूर्ण स्थानमा राखिनुले पदको गरिमा र सोहि पदमा रहने अन्य आम स्वाभिमानीहरुको अपमान हुन पुग्दछ भन्ने हेक्का पनि नभएको देखिन्छ । या त केन्द्रिय सदस्य तथा सांसदहरु बनेकाहरुलाई नीजि सचिवालयमा राखिनु हुन्नथियो कि त महत्वपूर्ण हैसियतमा भोलिको नेतृत्वको रुपमा विकास गरिनु पर्दथ्यो ।

३) चीनको कम्युनिष्ट पार्टिको भगिनि संस्था जस्तो देखिने वा देखाईने भेला र अन्तरक्रियाहरुमा यत्रो गौरवपूर्ण ईतिहास भएको नेता र नेतृत्वको सहभागिता स्तरले आम देशवासि र सार्वभौमको सम्मान गर्दैन भन्ने सामान्य बुझाई पनि हुन नसक्नु । सहभागिता जनाउँनु पर्ने अवस्थामा पनि अन्य तर भोलिको नेतृत्वलाई सहभागि गराउनु पर्ने थियो ।

४) धेरै अगाडि हस्ताक्षर भयको एमसीसीको सवाल होस् वा भेनेजुवेला जस्ता साना साना देशको विषयमा मुल नेतृत्व पैरेविमा आउनु सहि थियन ।
५) माथी देखि तल सम्मका राजनीतिक मुल कमिटिहरु वेरोजगारको भिड हैन सानो, छरितो र समावेशी हुनुपर्ने थियो । स्थानिय या केन्द्रिय चुनावहरुमा पनि सामाजिक स्वकार्य, समावेशि र संबन्धित भुगोलको नेतृत्व छनोटको जग बलियो बनाउन खोजिएको भेटिदैन नै ।

६) परिवारका सदस्य थुपारेर तास खेल्ने मासुभात पकाएर बस्ने र त्यसको फोटो खिच्ने र खिचाउन अप्ठ्यारो नमान्दा राष्ट्रिय व्यक्तित्वको पदको गरिमा स्खलन हुन्छ भन्ने सामान्य ख्याल समेत नहुनु ।

७) पहिरनमा ख्याल नराख्नु । जे जस्तो समय अवस्थाका फोटोहरु सामाजिक सञ्जालमा परिवारका सदस्यहरुबाटै अपलोड हुनुले सम्मानित सार्वजनिक व्यक्तित्व नै खरानी हुँदै जान्छ भन्ने ख्याल नहुनु ।

८) संसारभर अहिलेको युगको ‘क्रान्ति र शान्तिको’ मोडेल सहित हाईहाई हुनुपर्ने व्यक्तित्व स–साना हास्यास्पद कार्यक्रम, सस्तो अन्तरवार्ताहरुमा रमाउन थाल्नु अर्को दुर्भाग्य थियो ।

९) स्थानिय तह र नेतृत्व सहभागि हुँदा पुग्ने सामान्य विकास, निर्माण र चेतना तथा जागरणका कार्यक्रमहरुमा सस्ता उपस्थीति पंचालयकालका चुनावक्षेत्रमुखि संकृर्ण नेता र नेतृत्व अनुकरण गरिएको देखिन्छ । यस्तो अवस्थामा सिंगो देशले नेताको रुपमा स्वीकार गर्ने अवस्था क्षृण हुदै जानेछ ।

१०) बारम्बार भेट्टेने या ढोका धाउने, परिवार र आफन्त मार्फत स्तुति गाउँदै उपहार सहित दर्शन भेट गर्ने या गरिरहने व्यक्ति र जमातलाई दल र राज्यका सार्वजनिक पद जिम्मा लगाउने स्थापित परमपराले सज्जन र स्वाभिमान होईन कि मालिक र दासको दायरा फराकिलो बनाउने राणाकालिन युगतिर धकेल्दछ भन्ने वुझाईमा आंखा चिम्लन थाल्नु ।

११) भर्खरै नजिकिएकाहरु सँगको अथाहा श्रोत र साधनमा रम्न र जम्न खोज्ने (प्रतिक्रन्तिका मतियारहरु) परम्पराले व्यक्ति र परिवार बाहेकमा घृणामात्र जगाउँदछ भन्ने हेक्का नरहनु ।

१२) जो सुकैको घर वा कोठामा पनि खाना खान जानु, बस्न मनपराउनु, जुनसुकै अबस्थामा पनि फोटो खिच्न तयार रहनुले अपरिपक्कताको हदै नाघेको भान हुन्छ ।

१३) समाजवाद । आम अभाव र पीडामा रेहका नेपालीहरुले तत्काल पाउनुपर्ने उपयोगि शिक्षा, स्वास्थ्य, सन्तुलित भोजन र सुरक्षाको संयोजन र अभियानको खाका आउनुत कता हो कता त्यात्रो युद्द र शान्तिको नायकको समाजवादी ब्याख्या झण्डै पचास बर्ष पहिले बीपी कोईरालाले गर्नुभएको समाजबादको व्याख्या जति स्पस्ट पनि हुन नसक्नु । ठूलाठूला दर्शन र आदर्शको अपुरो र झ्यालि भाषण गर्ने दल भित्रको चन्डाल र लम्पसारवादिहरुको डम्फालाई नेता र राजनीतिज्ञ भनेर बुझ्ने ढोंगी परम्परालाई जिवन्तता दिईरहनु ।

हामी धेरैको त्याग र वलिदानले उठेको नेतृत्वहरुमा हुनुपर्ने उच्च आदर्श मर्दै गयको, वलिदान गरेका सहिद र उनिहरुका परिबारको सम्मानहुन नसकेको तथा देशको नेतृत्व उच्च मनोवल सहितका त्यागि र स्वाभिमानीहरुको हातमा रहने अवस्थाबाट धेरै पछि परेकोले राज्य र राजनितिप्रति आम मान्छेहरुको घृणाको हद नाधेको छ तर विकल्प “के” वा “को” भनेर कसैको मनमा “केहि” र “कोहि” रहन सकेको अवस्था छैन । अव यसको दोषि को त ?

(अधिकारी लामो समयसम्म तत्कालिन माओवादीमा योगदान पु¥याएर हाल कृषि र पर्यटन मार्फत उदाहरण सम्प्रेषण गर्ने व्यक्ति हुन् ।)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठन

नीतिहरूको मुलनीति हो राजनीति । राजनीतिभन्दा माथि कुनै नीति नै छैन । भनिन्छ, राजनीति

काठमाडौं । भरतपुर महानगरपालिकामा २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पनि दलहरुका बीच चुनावी