back
CTIZAN AD

नेपाल मार्सल आर्ट संघ हाप्किडो स्याङ्जाको अध्यक्षमा कपिल न्यौपाने निर्वाचित

वि.सं.२०७७ मंसिर ९ मंगलवार

855 

shares

स्याङ्जा – नेपाल मार्सल आर्ट संघ हाप्कीदो स्याङ्जाको अध्यक्षमा कपिल न्यौपाने निर्वाचित भएका छन । हाप्किडोको स्याङ्जा जिल्लामा भएको पहिलो भेलाले न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय कमिटी निर्वाचित गरेको हो ।
जसमा उपाध्यक्षमा नितेन रनपाल, सचिव मनोज खड्का र कोशाध्यक्षमा प्रतिष्ठा कार्की निर्वाचित भएका छन । यस्तैगरी सदस्यहरुमा किरण खांण, पवनकाजी अधिकारी, अर्जुन सुवेदी, सहवीर  थापा, युगचन्द्र भट्टराई, किरण श्रेष्ठ, सोमबहादुर खवास, भुवन थापा र सनम श्रेष्ठ रहेका छन ।

कार्यक्रममा केन्द्रिय अध्यक्ष कालीबहादुर घर्तीमगर, महासचिव सुर्वण बिसी, लुम्बिनी प्रदेश अध्यक्ष सुवास परियार र स्याङ्जा जिल्लाका युवा नेता भरत गोदार लगायतको उपस्थिति रहेको थियो ।


कार्यक्रममा प्रमुख अतिथी नेपाल मार्सल आर्ट संघ हाप्किडोका केन्द्रिय अध्यक्ष कालीबहादुर घर्तीमगरले स्वस्थ जीवन र राष्ट्रिय पहिचान सहितको समृद्ध राष्ट्रका लागि खेलकुद क्षेत्रको विकास अनिवार्य भएको विचार व्यक्त गरेका थिए । मगरले खेलकुद क्षेत्रको विकासका लागि युवाहरुको युवाहरुको विशेष भुमिका रहेको बताउंदै र स्याङ्जामा मार्सल आर्ट हाप्कीदोको पहिलो भेला सम्पन्न भएकोमा खुसी व्यक्त गरे ।
नवनिर्वाचित अध्यक्ष न्यौपानेले स्याङ्जामा हाप्किडोको विकासका लागि संघको नेतृत्वको तर्फबाट आवश्यक अनुसार उल्लेखनीय भुमिका निर्वाह गर्ने प्रतिवद्द्ता व्यक्त गरे ।
हाप्किडोको भेला आज मंगलवार प्रदेश कमिटी उपाध्यक्ष तारामाया थापामगरको अध्यक्षतामा स्याङ्जा सदरमुकाममा सम्पन्न भएको हो ।

वि.सं.२०७७ मंसिर ९ मंगलवार १८:३६ मा प्रकाशित

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला...

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

दाङ । तुलसा आजकाल च्याउ दिदीका नामले चिनिन थाल्नुभएको छ...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...