back
CTIZAN AD

भीमेश्वर मन्दिरलाई पसिना आयो, राष्ट्रपतिलाई महाप्रसाद पठाइँदै

वि.सं.२०७७ मंसिर १० बुधवार

876 

shares

१० मंसिर, काठमाडौँ । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको खबर सँगै देशमा के अनिष्ठ हुने हो भन्ने त्रास बढेको छ । मंसिर ९ गते मंगलबार शिलामा मध्यान्ह १ः४५ बजेदेखि पटक पटकको समयमा ३ः५४ बजेसम्म पसिना आएको जिल्ला प्रशासन कार्यालय दोलखा चरिकोटले प्रेस वक्तव्य मार्फत जानकारी गराएको छ ।

मन्दिरमा पसिना आएपछि देशमा अनिष्ठ हुने भयले प्रचलित परम्परा अनुसार मन्दिरका पुजारी तथा गुठियारहरुले पुजा पाठ गरेका छन् ।

शिलामा पसिना आएको खबर प्राप्त हुनासाथ जिल्ला प्रशासन कार्यालय सुरक्षा निकायले मन्दिर पुगी भीमेश्वर मन्दिर पुजा व्यवस्थापन समितिका पदाधिकारीहरुसँगको बैठक बसेको र बैठकले आज(बुधबार) राष्ट्रपति समक्ष दोलखा भीमेश्वर भगवानको महाप्रसाद पठाउने व्यवस्था मिलाइएको जनाइएको छ ।

भीमेश्वरमा पसिना आएपछि देशमा केही अनिष्ठ हुन्छ भन्ने विश्वास रहि आएको छ । अनिष्ठ नआवोस् भन्नका लागि मन्दिरमा पुजा गर्ने र राष्ट्रप्रमुखलाई भगवानको महाप्रसाद पठाउने व्यवस्था गरिँदै आइएको छ ।

वि.सं.२०७७ मंसिर १० बुधवार १०:०८ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...