१० मङ्सिर, काठमाडौँ । न्यूजिल्याण्ड क्रिकेट टिमलाई वेस्टइंडिज विरुद्धको टेस्ट श्रृखला अगाडी अर्को झट्का लागेको छ । न्यूजिल्याण्ड क्रिकेट टिमका अलराउण्डर कोलिन डि ग्रान्डहोम वेस्टइंडिज विरुद्धको टेस्ट श्रृखलाबाट बाहिरिएका छन । न्यूजिल्याण्ड क्रिकेट र्बोडले चाटका कारण कोलिन डि ग्रान्डगोम वेस्टइंडिज विरुद्धको श्रृखलाबाट बाहिरिएको जानकारी दिएको छ । कोलिन डि ग्रान्डहोमको स्थानमा डार्ली मिशेललाई टिममा भित्राइएको छ ।
त्यसैगरि वेस्टइंडिज विरुद्ध हुने टि-२० श्रृखलाको अन्तिम खेलमा मिचल श्यान्टनरले कप्तानी गर्ने भएका छन । वेस्टइंडिज विरुद्धको टि-२० श्रृखलाका लागि न्यूजिल्याण्ड क्रिकेट र्बोडले टिम साउदीलाई कप्तान बनाएको थियो । टिम साउदीलाई तेस्रो टि-२० विस्राम दिदैँ न्यूजिल्याण्ड क्रिकेट र्बोडले मिचल श्यान्टनरलाई कप्तान बनाएको हो ।
न्यूजिल्याण्ड र वेस्टइंडिज बिच ३ खेलको टि-२० श्रृखला र २ खेलको टेस्ट श्रृखला हुने छ । नोभेम्बर २७ मा न्यूजिल्याण्ड विरुद्ध पहिलो टि-२० खेल्दैँ वेस्टइंडिजले न्युजिल्याण्ड भ्रमणको सुरुवात गर्ने छ ।
वि.सं.२०७७ मंसिर १० बुधवार ०९:३७ मा प्रकाशित





























