back
CTIZAN AD

यी रहेछन् ‘र’ प्रमुखलाई नेपाल बोलाउने व्यक्ति !

वि.सं.२०७७ मंसिर १० बुधवार

687 

shares

१० मंसिर, काठमाडौं । खुफिया ऐजेन्सी ‘र’ प्रमुख सामान्त गोयललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूतका रुपमा नेपाल ल्याउन पहल गर्ने व्यक्तिको पहिचान भएको छ ।

यताको कुरो सुनाउन र भ्रमणको प्रपन्च मिलाउन दिल्ली गई नेपाल आएर फेरि उतै सोझिएका ती पात्र काग तिहारको दिन मात्र भाइटिका भ्याउने गरी स्वदेश फर्किएका हुन् । हिमाञ्चल प्रदेशमा समेत आफ्नो कम्पनी सिम्रिक एयरका दुईवटा हेलिकप्टरबाट सेवा सुरु गर्ने उनको तयारी छ । दलहरुभित्र आन्तरिक द्धन्द्ध चर्किदा बेलावखत सक्रिय हुने ती व्यापारिक पात्र केही वर्षदेखि मिडिया उद्योगमा आवद्ध छन् । नाम हो, क्याप्टेन रामेश्वर थापा अर्थात् यदाकदा प्रधानमन्त्री केपी ओलीको अन्तवार्ता प्रशारण गरिरहने एपीवान टिभीका मालिक (अन्नपूर्णका अध्यक्ष) । गोयल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलतिरै थिए ।

कात्तिक ५ गते दिउँसो १ बजे काठमाडौं ओर्लेका सामान्तलाई आफ्नै गाडीमा राखेर उनले बौद्धस्थित हायात होटलमा पुर्याएको पनि बुधबारको जनआस्थामा समाचार छ ।
होटल पुगेर गोयलसँगै थापाले पनि त्यो दिनको लञ्च त्यहि होटलमा खाएका थिए । दिनभरी त्यहिँ आराम गरेर सामान्तले आनौपचारिक भेटघाट थालेको बताइन्छ । राति नौ बजेको हाराहारीमा थापाले नै टिमलाई बालुवाटार छिराएका थिए ।

वि.सं.२०७७ मंसिर १० बुधवार ०९:०२ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

अत्तरिया (कैलाली)  । गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको...