back
CTIZAN AD

सपनासँगै विर्सनै नहुने अर्को नाम हो ‘विनयजंग वस्नेत’

वि.सं.२०७७ मंसिर १० बुधवार

846 

shares

विनयजंग आँफै पनि वर्षौंसम्म दुर्व्यसनको दलदलमा फसेर माथि उठेका मान्छे हुन् । उनका थुप्रै अन्तर्वाता हेरेकी छु । उनका कहानी सुन्दा मेरा पनि आँखा कयौं पटक रसाएका छन् । उनले दुर्व्यसनको लतलाइ त्यागेर जव वेवारिसे भएका शव अर्थात् लासहरु जलाउन तिर लागे तव उनको पछाडी मिडीयाहरु पछ्याउन थाले ।

उनले हरेक मिडीयामा अन्तर्वाता दिँदा छोरी र श्रीमतीलाइ सम्झेर भक्कानिएका हुन्थे । अन्तर्वाता हेरेकै कारण पछि श्रीमती र छोरीले विनज जंगलाइ फोन सम्पर्क पनि गरेछन् । त्यसवेला उनले दिएको अभिव्यक्तिले सवैको मुटु गाँठो पर्यो । अनेक कारणले दुव्र्यसनमा फसेकी एउटी किशोरीले विनयजंगको कथा सुन्छिन् । विनयजंग सँग भेट हुन्छ । उनले पनि वेवारिसे शव जलाउने काममा साथ दिन्छु भन्छिन् । विनय जंगले खुसी हुँदै स्विकार्छन् । सपनाले लास जलाउने काममा साह्रै दत्तचित्त भएर लागिरहेका छन् । विनयजंग वस्नेतलाइ सपनाले अहिले बा भन्छिन् । गाउँघरतिर लास हिँडालेको वाटोमा हप्तौंसम्म महिलाहरु हिड्न डराउँथे । लास भन्ने वित्तिकै मनोवैज्ञानिक त्रास उत्पन्न हुन्छ जो कोहिलाइ पनि । हाम्रोमा आफन्त मर्दा महिलालाइ घाटसम्म जान त दिइन्छ तर त्यसपछि केहि गर्न दिइन्न ।

महिलाहरु आँफै अग्रसर हुनैपर्ने वाध्यता पनि छैन । अर्को कुरा महिलाले शव व्यवस्थापन अर्थात जलाउने गरेको कुरा आज सम्म देखिएकै छैन । शव देख्ने वित्तिकै महिलाको काम लडिवुडि गर्दै रुने, कल्लाउने, कराउने, कर्म धिक्कार्ने, च्वच्व गर्ने, विचरा भन्ने, झोक्राउने र अरुले नै समाल्हालि दिनुपर्ने देख्दै आएको हामीले अचानक सपनालाइ लाससँग संगत गरेको देख्दा अचम्मै नमान्ने कुरै भएन । उनले गरिरहेको यो काम समाजसेवा मात्रै नभएर महिलाहरु माथि लाग्ने डर छेरुवा, मन कमजोर हुने, गाह्रो काम गर्दै नगर्ने जस्ता कयौं लाल्छनालाइ केहि हदसम्म भएपनि चिरेको छ ।

अहिले विविसीले साहसी महिला भनेपछि नेपालीहरुबाट वल्ल वधाई पाइन् । नत्र त उनलाइ धेरैजसो व्यक्तिले फेसवुकमा लेखेका शव्दहरु देख्दा मन साह्रै घोच्थ्यो । लाग्छ, विश्वका महिलाहरुनै लास व्यवस्थापनमा खासै अग्रसर छैनन् । नजिकिन पनि डराउँछन् । त्यसैले त सपना विविसीको नजरमा परिन् । वधाई छ सपना ।
अर्को वर्ष पोखराको, सायद गण्डकी अस्पतालमा हो कि, लासहरुको पोष्टमार्टमका लागि जतिसुकै वेला, जस्तो प्रकृतिको पनि लास चिर्ने महिला छिन् । अर्को वर्ष उनको नाम पनि आवोस् । ति महिला पनि मेरो नजरमा साह्रै असाधारण लागिरहेकी छन् । त्यस्का लागि पनि पहल गरियोस् । मेरो सादर अनुरोध छ ।

 

सपना रोका मगर सँगै विर्सनै नहुने अर्को नाम हो विनज जंग वस्नेत । विनय जंग आँफै पनि वर्षौं सम्म दुर्व्यसनको दलदल मा फसेर…

Posted by Diksha Pandey Hira on Tuesday, November 24, 2020

वि.सं.२०७७ मंसिर १० बुधवार ०८:२३ मा प्रकाशित

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

एल पासो, टेक्सास।अमेरिकाको टेक्सासस्थित द युनिभर्सिटी अफ टेक्सास एट एल...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...