back
CTIZAN AD

बर्दिबास घटना : घाईतेको मृत्युपछि निषेधाज्ञा तोड्दै प्रदर्शन चर्कियो

वि.सं.२०७७ मंसिर १० बुधवार

648 

shares

महोत्तरी । प्रहरीको गोली लागी घाईते भएका एकको मृत्युसँगै बर्दिबासमा प्रदर्शन पुनः चर्किएको छ । बुधबार बिहान प्रहरीको गोली लागि घाईते भएका बुद्धिराज न्यौपानेको उपचारका क्रममा ग्राण्डी अस्पताल, काठमाडौंमा मृत्यु भएको थियो । मृत्युको खबर फैलिएसँगै स्थानीयले प्रदर्शन चर्काएका हुन् ।

अहिले बर्दिबासका चोक चोकमा स्थानीयले टायर बाल्दै प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका कारण हाल पूर्व–पश्चिम राजमार्ग अवरुद्ध छ । राजमार्ग अवरुद्ध हुँदा दर्जनौं सवारी साधन अलपत्र परेका छन् ।

मंगलबार बर्दिबासचोकमा भएको प्रदर्शन तितरबितर पार्न प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोली लागी २ जना घाईते भएका थिए । घाईतेमध्ये एक बुद्धिराज न्यौपानेको अवस्था गम्भीर बनेसँगै थप उपचारका लागि हेलीकोप्टरमार्फत काठमाडौं लगिएको थियो । तर, उपचारका क्रममा बुधबार उनको मृत्यु भएको हो ।

निषेधाज्ञाको प्रवाह छैन

सम्भावित प्रदर्शनको आकंलन गर्दै बुधबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । सुरक्षा समितिले बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको छ ।

तर, घाईते न्यौपानेको मृत्युको खबरसँगै आक्रोशित स्थानीयले निषेधाज्ञा तोड्दै प्रदर्शन चर्काएका छन् । हाल बर्दिबासमा निषेधाज्ञा लागु गरिएको भए पनि प्रदर्शन चर्किदैं गएको छ ।

६ बर्षीया बालिकाको हत्यापछि प्रदर्शन

बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीकी ६ वर्षीया बालिका गुलाब साह खातुन आइतबारदेखि बेपत्ता थिइन् । उनको सोमबार मध्यरात बोरामा कोचेर फालिएको अवस्थामा शव फेला परेको थियो ।

सोमबार साँझ गौशाला–५ का २६ वर्षीय अरुणकुमार साहले बाबुआमासँग बालिकालाई मारेर भागेको बताएपछि परिवारजनले नै उनलाई इलाका प्रहरी कार्यालय गौशाला पुर्‍याएर प्रहरीको जिम्मा लगाएका थिए। साहलाई बर्दिवास ल्याएर प्रहरीले उनैले देखाएको ठाउँमा सोमबार मध्यरातमा बालिकाको शव बरामद गरेको थियो ।

प्रहरीले बालिकालाई बलात्कारपछि हत्या गरेको हुनसक्ने र यसको परीक्षण चाँडै गर्न आवश्यक रहेको भन्दै शव परीक्षण गर्न अस्पताल लैजाने बताए पछि स्थानीयले शव नदिने अडान लिँदै ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोली लागेर बुद्धिराज न्यौपानै र श्याम कार्की घाइते भएका थिए ।

वि.सं.२०७७ मंसिर १० बुधवार १२:२९ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...