back
CTIZAN AD

भोटेकोशी लिस्तीका किसानलाई अनुदानका रुपमा चौँरी वितरण गरिने

वि.सं.२०७७ मंसिर १० बुधवार

915 

shares

१० मंसिर, चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ लिस्तीका चौँरीपालक किसानलाई उन्नत नश्लका चौँरी वितरण गरिने भएको छ ।

एशिया इन नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक सहयोगमा गाउँपालिकाको समन्वयमा लिस्तीको बगाम र छगाम गाउँका किसानको समूह गठन गरी अनुदानका रुपमा ७५ चौँरी वितरण गरिने गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए । प्रतिचौँरीको रु ९० हजारदेखि एक लाखसम्म पर्ने र चौँरी तथा चीज कारखाना स्थापनाका लागि संस्थाले रु ९५ लाख प्रदान गर्ने भएको छ । रु २५ लाखमा निर्माण गरिने चीज कारखानाका लागि पालिकाले ५० प्रतिशत ब्यहोर्ने पालिकाले जनाएको छ ।

समुद्री सतहबाट तीनहजार मिटरको उचाइमा पर्ने उक्त गाउँमा चौँरीपालक किसानका २०/२५ गोठ छन् । प्रतिगोठमा १५ देखि ३० चौँरी रहेको र त्यहाँका किसानबाट उत्पादित घ्यू स्थानीयस्तर र राजधानीका गुम्बामा पुग्छ । किसानले हातैले निर्माण गरिएका छुर्पी जापान, दक्षिण कोरिया तथा युरोप, अमेरिका महादेशमा पुग्ने भएकाले एक किसानले २० चौँरीबाट वार्षिक रु १० लाखसम्म आम्दानी गर्ने वडाध्यक्ष मुके शेर्पाले बताए।

यसैगरी संस्थाको रु २५ लाखको आर्थिक सहयोगमा सोही वडाका सबुखानी र तारतुम गाउँमा खानेपानी योजना सञ्चालन गरिने भएको छ । खानेपानीको अभाव झेलिरहेका स्थानीय २०० घरपरिवारका लागि एक घर एक धाराको अवधारणानुसार २०० धारा वितरण गरिने कार्यक्रम रहेको पालिकाले जनाएको छ । रासस

वि.सं.२०७७ मंसिर १० बुधवार १२:२३ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

अत्तरिया (कैलाली)  । गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको...