९ मङ्सिर, काठमाडौं । एक सहकारी संस्थााबाट नगद बीस लाख चोरी भएको छ ।
कागेश्वरी मनहरा नगरपालिका–७ मुलपानी मिलनचोकस्थित देवी बचत तथा ऋण सहकारी संस्थाबाट मूल गेटको ताल्चा फुटाई नगद २० लाख रुपैयाँ मंगलबार चोरी भएको छ ।
चोरीमा संलग्न फरार व्यक्तिहरूकोे खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७७ मंसिर १० बुधवार १२:१९ मा प्रकाशित






























